१८ असार २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

हैजा रोगबारे सरकार गम्भीर बन्नुपर्छः नविना लामा

नेकपा एमालेकी सांसद नविना लामाले हैजा रोग न्यूनिकरणको लागि सरकार गम्भीर बन्नुपर्ने बताएकी छन्। सोमबार शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै सांसद लामाले अहिले काठमाडौंमा हैजाको समस्याले जनताहरु त्रस्त भइरहेको भन्दै सरकार यसमा गम्भीर बन्नुपर्ने बताएकी हुन्।

उनले काठमाडौंमा विशेष गरेर बालबालिकाहरुमा हैजाको समस्या देखा परेको भन्दै सामान्य जनताले महंगीको बेलामा सुलभ उपचारको व्यवस्था मिलाउन सरकारस्ँग माग गरिन्। सांसद लामाले सरकारले हैजाको बारेमा मूल्यवृद्धिको चापमा परेका जनताको समस्यालाई बुझ्ने गरेर उपचार हुने व्यवस्था गर्नुपर्ने बताइन्।

उनले भनिन्, ‘अहिले विशेष गरेर बच्चाहरुमा झाडा पखाला, हैजाजस्ता रोगहरु लागिरहेको छ। त्यो पनि काठमाडौंमा बच्चाहरुमा धेरै देखिएको छ। यसको बारेमा सामान्य जनताले यस्तो महंगी र मूल्यवृद्धिको बेलामा चुलो बाल्न मुस्किल भएको बेलामा यस्तो रोग आउँदा उपचार पाउँछ कि पाउँदैन? यस्तो त्रासमा जनता छन्। सरकारको योजना के छ? त्यसको बारेमा गम्भीर बन्नुपर्छ। रोकथामको निम्ति सरकारले रोगलाई न्यूनिकरण गर्नको निम्ति विभिन्न जनचेतनामुलक कार्यक्रमहरु प्रादेशिक तहदेखि वडासम्म पु¥याउन यसको योजना तथा कार्यक्रम बनाएर अघि बढ्नुपर्छ।’

सांसद लामाले हैजा रोकथाम र न्यूनिकरणका लागि प्रदेशदेखि स्थानीय तहसम्म जनचेतनामुलक कार्यक्रमहरु गर्नुपर्ने बताइन्।

प्रकाशित: १३ असार २०७९ १०:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App