५ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

'स्वास्थ्य बिमा कार्यक्रमलाई निजी कम्पनीमार्फत् परिचालन गर्ने व्यवस्था तत्काल हटाउनु पर्छ'

सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद एवम् पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले स्वास्थ्य बिमा कार्यक्रमलाई बिमा कम्पनीमार्फत् परिचालन गर्ने व्यवस्था तत्काल हटाउन सरकारसँग माग गरेका छन्।

सांसद बस्नेतले स्वास्थ्य बिमा ऐनको भावना विपरीत सरकारले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य बिमा कार्यक्रमलाई निजी कम्पनीमार्फत् परिचालन गर्ने उल्लेख गरिएको भन्दै त्यसलाई तत्काल सच्याउन सरकारसँग माग गरेका हुन्। आइतबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गतको विभिन्न शिर्षकमाथिको छलफलमा भाग लिँदै उनले स्वास्थ्य बिमा कार्यक्रमलाई आभारभूत स्वास्थ्य सेवासँग जोडेर नहेर्न पनि सरकारलाई सचेत गराए।

सांसद बस्नेतले आधारभूत स्वास्थ्य सेवालाई संविधानमै मौलिक हकको रुपमा व्यवस्था गरेको भएपनि सोही अनुसार नागरिकले स्वास्थ्य सेवा पाउन नसकेको गुनासो समेत गरे।

प्रकाशित: २९ जेष्ठ २०७९ ०८:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App