२२ असार २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

कपिलवस्तुमा पुनः हैजाविरुद्धको खोप अभियान सञ्चालन हुँदै

आउने जेठ १६ देखि कपिलवस्तुको थप ५ पालिकामा हैजाविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ। कपिलवस्तुको कपिलवस्तु, बाणगंगा, बुद्धभूमि नगरपालिका र मायादेबी र सुद्धोदन गाउँपालिकामा अभियान सञ्चालन हुँदैछ।

यसअघि कपिलवस्तुको कृष्णनगर, शिवराज महाराजगंज नगरपालिका र विजयनगर र यशोधरा गाउँपालिका अभियान सम्पन्न भइ सकेको छ। पहिलो अभियानमा ९० प्रतिशत बढीले हैजाविरुद्ध ओरल कलेरा भ्यानसिनको सेवन गरेको स्वास्थय कार्यालयले तौलिहवामा राखेको पत्रकार सम्मेलनमा कार्यालय प्रमुख हेमराज पाण्डेयले जानकारी दिए।

खोप एक वर्ष माथिका सम्पूर्ण गर्भवती, सुत्केरी लगायत सबैले खान मिल्ने उनले बताए। अभियानमा साढे ३ लाखलाईलाई खोप खुवाउने लक्ष्य छ। खोप लिएको १४ दिनपछि दोश्रो डोजको खोप लगाईनेछ। पहिलो र दोस्रो चरणको खोप सेवन गरे पछि पाँच वर्षसम्म हैजा तथा झाडापखला लाग्नबाट बच्न सकिने उनले बताए। पहिलो र दोस्रो चरणको खोप अभियान असारको ७ गतेसम्म सम्पन्न गर्ने लक्ष्य छ।

अभियानमा साढे ३ सय स्वास्थ्यकर्मी, ६ सय महिला स्वयसेविका र प्रत्येक विद्यालयका एक शिक्षक स्वमसेवककारुपमा खेटिनेछन्। खोपको सूरुवात विद्यालयका विद्यार्थीबाट सुरु गरिने छ। यस्तै गाउँ टोलमा चोक चोकमा स्वास्थ्यकर्मी पुग्नेछ त्यहीबाट हैजाको खोप खुवाउने कार्यक्रम छ।

सोनाफी हेल्थ केयर प्रालि भारतबाट उत्पादीत सो खोप प्रति व्यक्ति ढेड एमएलका दरले खुवाइने छ। एक वर्षमुनी सिकिस्त बिरामी, र हैजा लागेका व्यक्तिलाई भने खोप खुवाउन हुँदैन। यो खोपलाई विश्व स्वास्थ्य संगठनले पूर्णतया सुरक्षित भनेका छन्। जिल्ला खुला दिशामुक्त भइसके पनि अझै पनि धेरै मान्छेहरुले खुला ठाउँमा शौच गर्ने गरेको स्वास्थ्य कार्यालयका प्रमुख पाण्डेयले बताए।

उनले यो कुरालाई सबैले र विशेषतः नव निर्वाचित जन प्रतिनिधिहरुले मनन गरी कार्ययोजना बनाउनु पर्ने उनले बताए। एक वर्ष पलिहे कृष्णगनरको बहादुरगंजमा हैजा फैलिएर ४ जनाको मृत्यु समेत भएको थियो। त्यसको केही महिना पछि कपिलवस्तुको ५ पालिकामा अभियान सञ्चालन गरिएको थियो। अहिले बाँकी रहेका ५ पालिकामा अभियान सञ्चालन गरिदैछ।

प्रकाशित: १३ जेष्ठ २०७९ ०६:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App