६ पुस २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

गर्भवती र सुत्केरी महिलाकाे अवस्था बुझ्न महिला स्वयंसेविकालाई मोबाइल

गर्भवती र सुत्केरी महिलाको सबैभन्दा नजिक र छिटो सुचना सम्पर्कमा रहने व्यक्ति हुन् महिला स्वास्थ्य स्वयंसेविका।

उनीहरू वडा भित्रका गर्भवती, सुत्केरी महिलाको अवस्था बारे जानकार हुन्छन्। महिलाहरूले पनि आफूलाई केही समस्या परेमा स्वयमसेविकासँग छिटो र सहज रुपमा बताउने गर्छन्।

यिनै महिला स्वास्थ्य स्वयमसेविकाको कामलाई अझै सजिलो बनाउन गोरखाको शहीदलखन गाउँपालिका वडा नम्बर ७ र ८ ले शुक्रवार मोवईल फोन वितरण गरेको छ। ‘नौ जना स्वास्थ्य स्वयमसेविका र दुई थान कार्यालयका लागि गरी ११ वटा मोवाईल वितरण गरियो’ वडा नम्बर ७ का अध्यक्ष शरण श्रेष्ठले भने। ‘मोवाईल स्वस्थ्य कार्यक्रम’ अन्तर्गत सामसुङको ए टुवेल स्मार्ट फोन दिइएको उनले बताए।

दुईवटा वडाको गरी दुई लाख २० हजार रुपैयाँ बजेटबाट स्वयमसेविकालाई मोवाईल खरिद गरिएको हो। बुङ्कोट स्वास्थ्य चौकी र बुङ्कोट आधारभुत स्वास्थ्य केन्द्रमा कार्यरत स्वयमसेविकाहरू मोवाईलले काम गर्न थप सहज हुने बताउँछन्।

गर्भवती, सुत्केरीलाई सुचना गर्न, स्वास्थ्य अवस्थाबारे जानकारी लिन पनि सजिलो हुने भन्दै उनीहरु खुसी छन्। ‘यसले महिला स्वयमसेविकाको हौसला पनि बढाउँछ’ वडा नम्बर ८ का अध्यक्ष काशिनाथ अम्गाईले भने।  

प्रकाशित: ५ चैत्र २०७८ ०६:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App