४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

धवलागिरि अस्पतालमा पहिलोपटक पाठेघरको शल्यक्रिया

धवलागिरि अस्पतालमा पहिलोपटक पेट चिरेर पाठेघरको सफल शल्यक्रिया गरिएको छ। पाठेघरबाट रगत बग्ने, तल्लो पेट दुख्नेलगायत समस्याबाट ग्रसित बागलुङ नगरपालिका–५ की ३६ वर्षीया महिलाको स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा केशव आचार्य नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले शुक्रबार शल्यक्रिया गरेको हो।

अस्पतालका एनेस्थिया विशेषज्ञ डा नवीन पौडेल, वरिष्ठ नर्सिङ निरीक्षक देवी भट्टराईलगायत स्वास्थ्यकर्मी शल्यक्रियामा सम्मिलित थिए। चार सन्तानकी आमा रहेकी ती महिला शल्यक्रियामार्फत पाठेघर निकालिएपछि स्वास्थ्य लाभ गरेर घर फर्किसकेको डा आचार्यले जानकारी दिए।

यसअघि पाठेघरको शल्यक्रियाका लागि बिरामीलाई ठूला अस्पताल पठाउनुपर्ने अवस्था थियो। अब भने यहीँ सहज रुपमा पाठेघरको उपचार हुने बताइएको छ। जटिल प्रकृतिका शल्यक्रिया पनि जिल्लामै हुन थालेपछि बिरामीलाई पोखरा, काठमाडौँ धाउनुपर्ने बाध्यता हटेको छ। अस्पतालले गत असोजमा पहिलोपटक जोर्नी प्रत्यारोपण गरेको थियो।

प्रकाशित: ४ मंसिर २०७८ १४:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App