७ आश्विन २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

थप १०६६ जनामा कोरोना पुष्टि, १३ जनाको मत्यु

पछिल्लो २४ घण्टामा एक हजार ६६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १३ हजार ३६८ जनामा कोरोना परीक्षण गर्दा  सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित १८ हजार ११५ जना पुगेको छ। नेपालमा सङ्क्रमण दर १८.९ प्रतिशत छ। पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला नौ र २०० भन्दाबढी सङ्क्रमित भएका जिल्ला १९ छन्। सो अवधिमा ९३८ जना सङ्क्रमणमुक्त भएका छन्। यससँगै नेपालमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ६६ हजार ६९६ छ। नेपालमा सङ्क्रमणमुक्त हुने दर ९६.३ प्रतिशत छ।

यस्तै सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा १३ जनाको मत्यु भएको छ। अहिलेसम्म सङ्क्रमणबाट ११ हजार १४८ जनाको मृत्यु भइसकेको छ। हाल देशभर ३५४ सघन उपचार कक्ष (आइसीयू), ११६ भेन्टिलेटर, १६ हजार ८८१ होम आइसोलेशन, एक हजार २३४ संस्थागत आइसोलेशन र २४२ जना क्वारेन्टिनमा रहेका छन्।

आज दुई लाख १७ हजार ३९१ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन्। हालसम्म ७६ लाख ३१ हजार १८८ जनाले पहिलो मात्रा र ६३ लाख २८ हजार ३२७ पूर्णमात्राको खोप लगाएका छन्।

प्रकाशित: १५ आश्विन २०७८ १२:४६ शुक्रबार

कोरोना पुष्टि