१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

कोभिड देखिएपछि गोरखामा विद्यालय बन्द हुन थाल्यो, अस्पतालमा बिरामी बढे

कोभिड र भाइरलका बिरामी बढ्न थालेपछि एक साता अघि खुलेका गोरखाका विद्यालय फेरी बन्द हुन थालेका छन्। गोरखा नगरपालिकाको मनकामना बहिरा मावि, गोनपा १ को जनज्योती मावि, सिरानचोकको जनज्योती मावि कोभिड र भाइरलका बिरामी बढेपछि बन्द भएका हुन्। नगरपालिकाकै विन्ध्यावासिनि माविका दुई शिक्षकमा पनि कोभिड पुष्टि भएको छ तर सो विद्यालय भने सञ्चालनमै छ।

सिरानचाकको जनज्योती माविमा शिक्षक र विद्यार्थी गरी २६ जनाको पिसिआर जाँचका लागि पठाइएकोमा पाँच जनाको रिपोर्ट पोजेटिभ आएको प्रधानाध्यापक बेद शर्माले बताए। शिक्षक र विद्यार्थीमा कोरोना पोजेटिभ देखिएपछि तत्कालका लागि विद्यालय बन्द गरिएको छ।  

मौसम परिवर्तन भएसँगै गोरखाका विद्यालय र अस्पतालमा बिरामीको संख्याबढ्दै गएको छ। कोभिड र फ्लूका बिरामीको संख्या बढ्न थालेको हो। गत सातादेखि दिनहुँ एक सय ५० जना भन्दा माथि भाइरलका बिरामीहरु आउने गरेका अस्पतालका बरिष्ठ हेल्थ असिस्टेन्ट कृष्ण ढकालले जानकारी दिए।

मौसम परिवर्तनले गर्दा अहिलेको यो तापक्रम भाइरसको लागि राम्रो रहेकोले धेरै बिरामी पर्छन्। ‘एक साता भित्र एकै दिन दुई सय सम्म बिरामी जाँच गराउन अस्पताल आएका छन्, यो समान्य अवस्थामा भन्दा धेरै संख्या हो’ ढकालले भने। अस्पतालमा आएका अिधकासंको कोभिड १९ को परीक्षण गरिएको र पोजेटिभ दर भने कम रहेको अस्पतालले जनाएको छ।  

भाइरललाई हेलचेक्र्याइँ गरेमा निमोनिया तथा छाती सम्बन्धी समस्या हुन सक्ने बरिष्ठ हेल्थ असिस्टेन्ट ढकालले बताए। यसबाट बच्नको लागि तातोपानी पिउने, माक्सको प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने, तातो झोलिलो पदार्थ बढी मात्रामा पिउनुपर्ने उनको सुझाब छ। यदि कोहि कसैलाई भाइरल लागेको थाहा भएमा सकेसम्म उसलाई छुट्टै राख्ने, उसले प्रयोग गरेको कपडा तथा सरसामानहरु अरुले प्रयोग नगर्ने र गर्न नदिने गरिएमा यसबाट बच्न सकिने चिकित्सकहरु बताउँछन्।

प्रकाशित: ११ आश्विन २०७८ ०४:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App