२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

कोरोनाबाट मृत्यु भएका व्यक्तिका परिवारलाई एक लाख

राप्तीसोनारी गाउँपालिकाले कोभिड–१९ (कोरोना भाइरस) बाट मृत्यु भएका व्यक्तिका परिवारलाई एक लाख रुपैयाँ राहत वितरण गरेको छ। गाउँपालिकाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी अध्यक्ष लाहुराम थारु र उपाध्यक्ष धनीकुमारी खत्रीले संयुक्तरुपमा उनीलाई राहत वितरण गरेका हुन्।

यसभन्दा अघि गाउँपालिकाले कोरोना भाइरसबाट संक्रमित भएका परिवारलाई राहतस्वरुपमा एक लाख रुपैयाँ दिने निर्णय गरेको थियो। गाउँपालिकाको निर्णयअनुसार मृतकका परिवारलाई प्रतिपरिवार एक लाख रुपैयाँ सहयोग गरिएको गाउँपालिकाका अध्यक्ष थारुले जानकारी दिए। राप्तीसोनारी गाउँपालिकामा कोरोना भाइरसबाट मृत्यु भएका २३ परिवारलाई राहत वितरण गरिएको गाउँपालिकाले जनाएको छ।  

कोरोना भाइरसबाट श्रीमान् गुमाएकी टीका खत्रीले गाउँपालिकाले अभिभावकत्व निर्वाह गरेको बताइन्। ‘कमाउने मान्छेको मृत्युपछि मेरो परिवारमा समस्या भएको थियो,’ उनले भनिन्, ‘गाउँपालिकाले दिएको राहतले ठूलो समस्या टरेको छ।’ उनीजस्तै राहत पाएका परिवारले गाउँपालिकाप्रति धन्यवाद व्यक्त गरेका छन्। यसभन्दा अघि कोरोनाबाट मृतक परिवारलाई गाउँपालिकाले किरीया खर्चस्वरुप २५ हजार रुपैयाँ दिएको उनले बताइन्।

कोरोनाबाट संक्रमित बिरामी भएकाहरुको पहिचान तथा उपचार गरी समाधान गर्ने प्राथमिकता दिएको गाउँपालिकाले प्रत्येक नागरिकको सिघ्र परीक्षण, छिटो उद्धार, उपचारदेखि कोभिडबाट बच्न संक्रमितलाई प्रोत्साहन र मृतक परिवारलाई राहतलगायतका कार्यक्रम सुरु गरेको हो।

प्रकाशित: ३० भाद्र २०७८ १४:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App