१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

प्रदेश १ मा ८ सय ४१ संक्रमित थपिए, ११ जनाको मृत्यु

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८ सय ४१ जना कोरोना संक्रमित थपिएका छन्। १ हजार ५ सय १४ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ९६ र १ हजार ४ सय ७५ जनाको एन्टिजेन परीक्षण गर्दा ४ सय ४५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १ सय ३५,  मोरङमा १३५,  सुनसरीमा ८२, इलाममा २१, धनकुटामा १०, भोजपुरमा ३, पाँचथर, उदयपुर र ते¥हथुममा २–२, ताप्लेजुङ र खोटाङमा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो। झापाको दमकमा ५९, विर्तामोडमा २०, अर्जुनधारामा १३, मेचीनगरमा ११, शिवसताक्षीमा ८, कनकाई र भद्रपुरमा ७–७, कमल गाउँपालिकामा ४, गौरादह र बुद्धशान्तिमा ३–३ जनामा संक्रमण देखिएको छ।  

मोरङको विराटनगरमा ५१, लेटाङमा २३, बेलबारीमा २२, पथरीशनिश्चरेमा १६, उर्लाबारीमा १०, सुन्दरहरैचामा ४, रतुवामाईमा ३, रंगेली र मिक्लाजुङमा २–२, कानेपोखरी र केराबारीमा १–१ जनामा संक्रमण देखिएको छ।  

सुनसरीको इटहरीमा ४८, धरानमा २७, इनरुवामा ३, बराहक्षेत्रमा २, भोक्राहानरसिंह र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ।  इलामको रोङमा १३, इलाम नगरपालिकामा ४, चुलाचुलीमा २, सुर्योदय र सन्दकपुरमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ६, पाख्रिवासमा २, साँघुरीगढी र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ।  

भोजपुरको षडानन्दमा १ ,स्थानीय तह नखुलेका २, पाँचथरको फिदिम र फालेलुङमा १–१, उदयपुरको त्रियुगामा २, तेर्‍हथुमको म्याङलुङमा २, ताप्लेजुङ र खोटाङमा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। प्रदेश १ मा बुधबार  ४ सय ९ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा २ सय १७ महिला र १ सय ९२ पुरुष रहेका छन। पछिल्लो २४ घण्टामा ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमा ७ महिला र ४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रकाशित: २ भाद्र २०७८ ११:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App