७ आश्विन २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

प्रदेश १ मा ८ सय ६० जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८ सय ६० जनामा कोरोना संक्रमण देखिएको छ। १ हजार ४ सय १० जनाको  पिसिआर परीक्षण गर्दा ४ सय ७० र १ हजार ४ सय ४ जनाको एन्टिजेन परीक्षण गर्दा ३ सय ९० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार झापामा १ सय ८४, मोरङमा १ सय ४५, सुनसरीमा १ सय ४, इलाममा १५, धनकुटामा ७, तेह्रथुम र उदयपुरमा ४–४, पाँचथर, संखुवासभा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको छ।

झापाको शिवसताक्षी र विर्तामोडमा ३०–३०, भद्रपुरमा २८, दमकमा २४, मेतीनगरमा १९, कनकाईमा १८, अर्जुनधारामा ९, कमल गाउँपालिकामा ८, हल्दिबारीमा ६, बुद्धशान्तिमा ४, बाह्रदशीमा ३, गौरादहमा २, गौरीगञ्ज, झापा गाउँपालिका र स्थानीय तह नखुलेका १–१, मोरङको विराटनगरमा ५४, बेलबारीमा ३०, लेटाङमा २२, सुन्दरहरैँचामा १५, उर्लाबारीमा ९, केराबारीमा ७, कानेपोखरी र बुढीगंगामा २–२, पथरीशनिश्चरेमा १ र स्थानीय तह नखुलेका ३, सुनसरीको इटहरीमा ५६, धरानमा ३८, रामधुनीमा ४, बराहक्षेत्र, इनरुवा र देवानगञ्जमा २–२, इलामको इलाम नगरपालिकामा ७, माई, रोङ र चुलाचुलीमा २–२, फाकफोकथुम र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिकामा ५, चौबिसे र पाख्रिवासमा १–१, तेह्रथुमको फेदापमा ३, म्याङ्लुङमा १, उदयपुरको बेलकामा २, त्रियुगा र चौदण्डीगढीमा १–१, पाँचथरको फिदिम, संखुवासभा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।  

प्रदेश १ मा मंगलबार ४ सय १३ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा १ सय ९६ महिला र २ सय १७ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमा २ महिला र ६ पुरुष रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: १ भाद्र २०७८ १२:११ मंगलबार

कोरोना संक्रमण मोरङ