११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

प्रदेश १ मा ९ सय ६९ कोरोना संक्रमित थपिए, १३ जनाको मृत्यु

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९ सय ६९ जना कोरोना संक्रमित थपिएका छन्।  १ हजार ४ सय ८६ जनाको पीसीआर परीक्षण गर्दा ४ सय ९७ र १ हजार ५सय ८५ जनाको एन्टिजेन परीक्षण गर्दा ४ सय ७२ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १ सय ९१, मोरङमा १ सय ३५, सुनसरीमा १ सय १६, धनकुटामा २१, इलाममा १०, उदयपुरमा ६, संखुवासभामा ४, तेह्रथुममा २, पाँचथर, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको छ। झापाको दमकमा ५७, विर्तामोडमा ३५, कनकाईमा २१, भद्रपुर र मेचीनगरमा १९–१९, शिवसताक्षीमा १७, अर्जुनधारामा ९, बुद्धशान्तिमा ७, कमल गाउँपालिकामा ५, हल्दिबारी  र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ। मोरङको विराटनगरमा ५०, सुन्दरहरैचामा ३३, केराबारीमा १०, पथरीशनिश्चरेमा ९, उर्लाबारीमा ८, बेलबारीमा ६, लेटाङ, रंगेली र कानेपोखरीमा ३–३, सुनवर्षी, रतुवामाई र स्थानीय तह नखुलेका २–२, बुढीगंगा, धनपालथान, कटहरी र ग्रामथानमा १–१ जनामा संक्रमण देखिएको छ।

सुनसरीको इटहरीमा ५७, धरानमा ३५,  रामधुनीमा ८, बराहक्षेत्रमा ६, दुहवीमा ५, इनरुवामा ४,  गढीमा १ जनामा संक्रमण देखिएको छ।  धनकुटाको धनकुटा नगरपालिकामा ९, पाख्रिबासमा ६, छथर जोरपाटीमा ३, महालक्ष्मी, शहिदभूमी र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिका र चुलाचुलीमा ३–३, मांसेबुङमा २, सुर्योदय र रोङमा १–१ जनामा संक्रमण देखिएको छ।

उदयपुरको चौदण्डीगढी र बेलकामा २–२, कटारी र त्रियुगामा १–१, संखुवासभाको खाँदबारीमा ३ र स्थानीय तह नखुलेका १, तेह्रथुमको लालीगुराँस र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ। पाँचथरको फिदिम, भोजपुरको भोजपुर नगरपालिका र खोटाङको खोटेहाङमा १–१ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा बिहीबार  ७ सय १० जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा ३ सय ४७ महिला र ३ सय ६३ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ७ महिला र ६ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।  

प्रकाशित: २८ श्रावण २०७८ १३:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App