देशका आठ जिल्लामा अझ पनि सयजना बढी कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोरङ, सुनसरी, काठमाडौँ, चितवन, भक्तपुर, ललितपुर, कास्की र बागलुङमा एक सयजना बढी सक्रिय संक्रमितको संख्या रहेका छन्।
मन्त्रालयका अनुसार मोरङमा १३१, सुनसरीमा १०२, काठमाडौँमा ६२४, चितवनमा २६३, भक्तपुरमा १७०, ललितपुरमा १६५, कास्कीमा २१० र बागलुङमा १२८ जना सक्रिय संक्रमित रहेका छन्।
प्रकाशित: २५ श्रावण २०७८ १२:२६ सोमबार