५ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

गोरखामा कोरोना संक्रमणदर ह्वातै बढ्यो

निषेधाज्ञा खुकुलो भएपछि गोरखामा कोरोना संक्रमित बढेका छन्। दुई सय संक्रमित पुग्दा सरकारी कार्यालयको सेवा, यातायात, बजार, बैंक विद्यालय सबै बन्द गरेको डिसिसिएमसी गोरखाले अहिले निषेधाज्ञा कायम छ भने सबै खुल्ला गर्दा समुदायमा संक्रमण फैलिँदो छ। 

कोरोना रोमथाम र नियन्त्रणको योजना स्थानीय तहले पनि संचालन गर्न सकेका छैनन्। तीन साता अघि एक सय ५० हाराहारी रहेको सक्रिय संक्रमितको संख्या सोमवार पाँच सय ९१ रहेको छ। संक्रमणदर बढ्दै जाँच स्थानीय तहले चेकजाँचमा भने बेवास्था गरेका छन्। अहिले चेकजाँच सुन्यप्रायः छ।

यसअघि जाँच गरेका मध्ये ३५ दशमलव ३७ प्रतिशतलाई कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालयका माहामारी फोकल पर्सन नारायणबाबु अर्यालले बताए। पालुङटार नगरपालिकामा एक सय ४९, गोरखा नगरपालिकामा एक सय १६, आरुघाट गाउँपालिकामा एक सय तीन जना सक्रिय संक्रमित छन्। यी पालिकामा संक्रमण दर ब्यापक बढेको छ। 

भिमसेन थापा, शहीदलखन र सिरानचोक गाउँपालिकामा पनि संक्रमितको संख्या ५० भन्दा बढी छ। तिब्बत सँग सिमाना जोडिएको चुमनुब्री गाउँपालिकामा संक्रमित छैनन् भने अन्य १० वटापालिका सबैमा सक्रिय संक्रमित छन्।  

चार हजार पाँच सय आठ जनाले कोरोना जितेका छन्। निको हुने दर ८७ दशमलव ९८ प्रतिशत छ। आठ हजार पाँच सय सात जनाको पिसिआर र नौ हजार छ सय २५ जनाको एन्टिजेन परीक्षण गरिएको छ। पिसिआर अहिले सम्म गरिएका सबैको रिपोर्ट प्राप्त भईसकेको स्वास्थ्य कार्यालयका माहामारी फोकल पर्सन अर्यालले बताए। अहिले कोभिड अस्पतालमा उपचाररत २५ जना छन्।  संक्रमित मध्ये पुरुषको संख्या धेरै छ। गोरखामा २० देखि ४५ वर्ष उमेर समुहका मानिसलाई कोरोना संक्रमण धेरै देखिएको छ। 

प्रकाशित: १८ श्रावण २०७८ १२:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App