११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

प्रदेश १ मा ७ सय २५ जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७ सय २५ जनामा कोरोना संक्रमण देखिएको छ। आइतबार १ हजार ३ सय ३१ जनाको पिसिआर परीक्षण गर्दा ४ सय १२ र १ हजार ६ जनाको एन्टिजेन परीक्षण गर्दा ३ सय १३ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १ सय ९३, मोरङमा १ सय १७, सुनसरीमा ७८, इलाममा ६, पाँचथरमा ५, उदयपुरमा ३, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको छ ।

झापाको दमकमा ५३, विर्तामोडमा ४२, कनकाईमा २८, अर्जुनधारामा १६, शिवसताक्षीमा १४, मेचीनगरमा १२, भद्रपुरमा १०, बुद्धशान्तिमा ९, गौरादह र कमल गाउँपालिकामा ३–३, बाह्रदशीमा २, गौरीगञ्जमा १, मोरङको विराटनगरमा २८, उर्लाबारीमा १८, सुन्दरहरैँचामा १५, केराबारीमा १४, लेटाङमा १३, पथरीशनिश्चरेमा १२, रंगेलीमा ४, बेलबारी र कानेपोखरीमा ३–३, ग्रामथान र बुढीगंगामा २–२, मिक्लाजुङ, कटहरी र धनपालथानमा १–१, सुनसरीको इटहरीमा ५८, धरानमा ११, रामधुनीमा ६, बर्जु, बराहक्षेत्र र दुहबीमा १–१, इलामको इलाम नगरपालिका र चुलाचुलीमा २–२, रोङ र मांसेबुङमा १–१, पाँचथरको फिदिममा ४ र स्थानीय तह नखुलेका १, उदयपुरको बेलका, त्रियुगा र रौतामाईमा १–१, ताप्लेजुङमा १, संखुवासभामा १, तेह्रथुममा १, भोजपुरको अरुणमा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा ३ सय ९ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा १ सय ६५ महिला र १ सय ४४ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएका छ। मृत्यु हुनेमा ८ महिला र ९ पुरुष रहेको मन्त्रालयले जनाएको छ।  

प्रकाशित: १७ श्रावण २०७८ १२:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App