९ मंसिर २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

रोल्पामा कोरोनाका कारण थप एक जनाको मृत्यु

रोल्पामा पछिल्लो २४ घण्टामा ३७ जना कोरोना संक्रमित थपिएका छन्। यो संगै जिल्लामा सकृय संक्रमितको संख्या ५ सय ४६ पुगेको छ। जिल्लामा ४ हजार १ सय ९६ जनामा कोरोना परीक्षण गर्दा १ हजार ८ सय ६७ जनामा संक्रमण भेटिएको हो।  

कोरोना संक्रमणका कारण रोल्पामा मंगलवार १ जनाको मृत्यु भएको छ। दोस्रो चरणको संक्रमण सुरु भए यता रोल्पामा १८ जनाले कोरानाका कारण ज्यान गुमाएका छन्। यो बाहेक उपचारका लागि रोल्पा बाहिर गएका करिब दर्जन बढिको समेत मृत्यु भईसकेको छ।  

जिल्ला प्रसाशन कार्यालय रोल्पाको तथ्याङ्क अनुसार अहिले सम्म १ हजार ३ सय ३ जनाले कोरोना जितेका छन्। अझै पनि रोल्पामा प्रयाप्त परिक्षण, प्रयाप्त स्वास्थ्य सामाग्री, पुर्बाधार र जनशक्ती नभएको चिकित्सकहरुको गुनासो छ। संक्रमण बढिरहदा पनि जिल्लामा कोरोना नियन्त्रणमा गतिलो प्रयास भएको छैन।

प्रकाशित: १ असार २०७८ १०:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App