पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७ सय ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
९ हजार ५ सय ९८ पीसीआर परीक्षणमा २ हजनार७सय ९ जना र ५ हजार ५ सय ८४ एन्टिजेन परीक्षणमा १ हजार ४१ जना गरी ३ हजार ७ सय ५० जनामा संक्रमण पुष्टि भएको हो।
संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६७ जनाको मृत्यु भएको छ। त्यस्तै ५ हजार २ सय २५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रकाशित: २८ जेष्ठ २०७८ ११:५८ शुक्रबार