५ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

रजस्वलाको पीडालाई कसरी घरेलु उपचारबाट कम गर्ने ?

हरेक महिना रजस्वला हुने महिलाले शारीरिक तथा मानसिक पीडा भोग्नु पर्छ। ४ दिनदेखि ७ दिनसम्म हुने रजस्वलामा विभिन्न किसिमका पीडाहरु भोग्नु पर्ने हुन्छ। यो महिलामा हुने प्राकृतिक प्रक्रिया हो। यसको पीडालाई पनि प्राकृतिक तरिकाले नै समाधान गर्नुपर्छ। यस समयमा महिलाहरुलाई मुड स्विङ बारम्बार हुने, टाउको दुखने, शरीरमा दुखाई सामान्य लक्षण हुन्।  

यी समस्याहरु बाहेक पेटमा सहन नसक्ने पीडा हुने, मानसिक चिन्ता बढ्ने र एक किसिमको असुरक्षाको महशुस पनि हुने जस्ता गम्भिर लक्ष्णहरु हुन्। यस अबधीमा महिलाहरुमा उत्पन्न  भएको पीडाबाट बच्न औषधीको प्रयोग नकरात्मक मानिन्छ। आफू मनपरि औषधी प्रयोजन गर्दा हार्मोनहरु असन्तुलन हुनुका साथैं रजस्वलामा पनि गड्बडी हुने गर्छ। तसर्थ प्राकृतिक अवस्थाबाट नै यस समयमा आउने  समस्याबाट बच्न सक्नुपर्छ।  

१.हट ब्यागको प्रयोग

रजस्वलाको बेला उत्पन्न भएको पेटको दुखाई कम गर्नका निम्ति हट ब्यागको प्रयोग गर्न साकन्छ। ह्ट व्यागमा तातो पानी हालेर वा विद्युतीय हट व्यागलाइ तातो बनाई पेटमा सेक्न सकिन्छ। यसले राहत प्रदान दिने काम गर्छ। यस बेला ढाड तथा कम्मरको दुखाई पनि हुने हुदाँ हट ब्यागको सहयोग लिन सकिन्छ। हट् व्याग नभएको खण्डमा बोतलमा तातो पानी हालेर पनि पयोग गर्न सकिन्छ।  

२.तेलले मसाज

रजस्वलाको बेला शरीर दुख्ने भएको हुदाँ विभिन्न तेलहरुले मसाज गर्नाले पनि केही राहत दिने विश्वास रहेको छ। सबैभन्दा उपयुक्त तिलको तेल  र नरिवलको तेललाई मानिन्छ। यो बाहेक हामीले भान्सामा प्रयोग गर्ने शरसोको तेलले पनि पेटको भाग तथा ढाडमा मसाज गरी पीडाबाट राहत पाउन सक्छौँ। 

३.हर्बल टी 

रजस्वलाको समयमा दुध चियाको प्रयोगभन्दा कालो चिया तथा हर्बल चियाहरु प्रयोगकारी मानिन्छ।  ह्र्बल चियामा विभिन्न किसिमका आयूर्बेदि गुण रहेको हुन्छ जसले गर्दा हाम्रो शरीरमा एक किसिमको रिलाक्सेसन महशुस गर्न सकिन्छ। इसले दुखाईलाई पनि कम गर्न मद्धत गर्छ। चिया मन नपराउने महिलाले तातो पानीको सेवन गरेको राम्रो मानिन्छ। 

४.व्यायाम  

धेरै जनाले यस बेला व्यायाम गर्न नहुने भ्रममा रहेका छन्। तर हलुका व्यायाम गर्न चिकित्सकहरुले नै सल्लाह दिन्छन्। सामान्य रुपको व्यायाम र प्रणायमले पनि पीडामा राहत दिने गर्छ। सामान्य व्यायामलाई प्राथमिकता दिने प्रयास गरौँ।  

५.खानपिनमा ध्यान

रजस्वलाको समयमा खानपिनलाई पनि बढी प्राथमिकता दिन आवश्यक छ। खानेकुरामा पौष्टिक आहार भएको खानेकुरा मात्र सेवन गर्नुपर्छ। यस बेला बढी तारेको, चिल्लोपिरो भएको खानाको कम प्रयोग गर्नु पर्छ।  निद्राको बढी महत्व  भएकाले निद्रा पनि प्रसस्त लिन आवश्यक छ। इसका साथै प्रसस्त पानी पिउन आवश्यक छ। अहिलेको महामारीको बेला आफूलाई सकेसम्म शारीरिक र मानसिक रुपले राख्न आवश्यक छ। 

प्रकाशित: ११ जेष्ठ २०७८ ०६:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App