६ आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

जनस्वास्थ्यमा सरकार रमिते बनेपछि अक्सिजन जोहो गर्दै युवा

४६ संक्रमित थपिँदा १ को मृत्यु

रोल्पा अस्पताल । तस्बिर: दिनेश/नागरिक

रोल्पामा पछिल्लो २४ घण्टामा ४६ जना कोरोना संक्रमित थपिएका छन्। योसंगै जिल्लामा संक्रमितको संख्या ५ सय ३८ पुगेको छ। यसैगरि गत २४ घण्टामा एक जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। योसंगै जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ।  

जिल्ला प्रसाशन कार्यालय रोल्पाको तथ्याङ्क अनुसार ६५ जनाले कोरोना जितेका छन्। यसैबीच जिल्लाको एकमात्र अस्पताल रोल्पा अस्पतालमा अक्सिजन अभाव यथावत रहेको छ। राज्य स्तरबाट गतिलो पहल नभएपछि स्थानीय युवाहरुले अक्सिजनको जोहो गर्न हार गुहार सुरु गरेका छन्। रोल्पा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष तथा उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष बालकृष्ण सुवेदी, भुपनारायण घर्ती लगायतका स्थानीय युवाहरुले १७ थान खाली सिलिन्डर भर्नका लागि आफ्नै खर्चमा नेपालगञ्ज पठाएका हुन्।

रोल्पाको सुलिचौरमा रहेको ‘परिवर्तनका लागि प्रयास’ समूहमा आबद्ध युवाहरुले बिगतदेखि जनहितमा काम गरिरहेका छन्। ‘जिल्ला अस्पतालमा अक्सिजन अभाव भएको र राज्य स्तरबाट पहल नभएको सुनेपछि हामी आफैले आफ्नै खर्चमा अक्सिजनको जोहो गर्न थालेका हौ।’ स्थानीय बालकृष्ण सुवेदीले भने, ‘यो पटक १७ थान रिफिल गरेका छौ। हामी दुई ढाई सयसम्म अझै पनि ब्यवस्था गर्छौ।’

प्रकाशित: ६ जेष्ठ २०७८ १२:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App