७ आश्विन २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

रोल्पामा संक्रमित संख्या ५ सय नाघ्यो, महामारीसँग जुध्न छैन योजना

रोल्पामा पछिल्लो २४ घण्टामा ६५ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै जिल्लामा संक्रमितको संख्या ५ सय २२ पुगेको छ। जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ।  

जिल्ला प्रसाशन कार्यालय रोल्पाको तथ्याङ्कअनुसार अहिलेसम्म ३६ जनाले कोरोना जितेका छन्। स्थानीय प्रशासनले जेठ ५ सम्म घोषणा गरेको निषेधाज्ञा १५ दिन थपेर जेठ २० गतेसम्म पुर्याएको छ।  

यसैबीच जिल्लाको एकमात्र अस्पताल रोल्पा अस्पतालमा अक्सिजन अभाव यथावत रहेको छ भने पीसीआर परीक्षण र एन्टिजेन परीक्षणमा समेत समस्या जस्तको तस्तै छ। एक नगरपालिकासहित १० स्थानीय तहमा ७२ वडा रहेको रोल्पामा कोरोना महामारीसँग जुध्नका लागि गतिलो योजना बनेको छैन भने स्वास्थ्य संस्थामा पर्याप्त जनशक्ति र भौतिक सुबिधासमेत छैन।

प्रकाशित: ५ जेष्ठ २०७८ १०:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App