नेपालका लागि नेपाली भन्ने अभियानका साथ स्थापना भएको कल्याणकारी संस्था जोय फाउन्डेशनले क्षेत्रपाटी निःशुल्क क्लिनिकलाई सहयोग गरेको छ। संस्थाले कोरोना भाइरस संक्रमितको उपचारमा आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको हो।
क्लिनिकलाई बेड, अक्सिजन कन्सन्ट्रेटर, अक्सिमिटर, पिपिई, गाउन, सेनिटाइजरलगायतका सामग्री फाउन्डेशनका तर्फबाट गौरव तिवारीले आज हस्तान्तरण गरेका हुन्।
कोरोना बिरामीको उपचारमा सहयोग होस भन्ने उद्देश्यले सकेको सहयोग गरिएको तिवारीले बताए। 'यो महामारीको समयमा सकेको सहयोग गरेका हौं,' उनले भने, 'अघिल्लो वर्ष पनि हामीले विभिन्न कल्याणकारी काम गरेका थियौं। आगामी दिनमा पनि सक्दो सहयोग गर्दै जान्छाैं।'
प्रकाशित: २ जेष्ठ २०७८ ११:५२ आइतबार