५ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

८ हजार ९६० नयाँ संक्रमित, ५ हजार ५५ संक्रमणमुक्त, २१४ जनाको मृत्यु

फाइल तस्बिर

नेपालमा बिहीबार ८ हजार ९ सय ६०जना कोरोना संक्रमित थपिएका छन् ।

कूल २० हजार २ सय ४५ जनाको परीक्षण गर्दा सोको संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कोभिड १९ को गत २४ घन्टाको विवरण अद्यावधिक गर्दै मन्त्रालयले सो अवधिमा ५ हजार ५५ जना संक्रमणमुक्त भएको जनाएको छ। त्यस्तै सोही अवधिमा २ सय १४ जनाको ज्यान गएको पनि मन्त्रालयले जनाएको छ। सो संख्या नेपाली सेनाद्वारा विभिन्न मितिमा शव व्यवस्थापन गरेका समेत भएको स्पष्ट पारेको छ।

गत २४ घन्टामा १९ हजार ४ सय ४७ जनाको पीसीआर परीक्षण र ७ सय ७१ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: ३० वैशाख २०७८ १२:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App