१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
स्वास्थ्य

बंगलादेशका राजदूतले पठाए ३२ हजार भायल रेम्डेसिभिर

बंगलादेशका नेपाली राजदूत डा. वंशीधर मिश्रले नेपालमा ३२ हजार भायल रेम्डेसिभिर पठाएका छन्।

कोरोना संक्रमितलाई मृत्यु हुनबाट जोगाउने औषधिको रुपमा लिइएको रेम्डेसिभिरको अभाव रहेको अवस्थामा राजदूत डा. मिश्रले पहल गरी ३२ हजार भायल ढाकाबाट मंगलबार साँझ नेपाल पठाएका हुन्।  

नेपाली राजदूतावास ढाकाको पहलमा आइएफआइसी बैंक र नेपाल बंगलादेश बैंकको तर्फबाट निःशुल्क सहयोगस्वरुप प्राप्त पाँच हजार भायल र बंगलादेश सरकारबाट सहयोगस्वरुप प्राप्त पाँच हजार भायल गरी दश हजार भायल निःशुल्क रेम्डेसिभिर राजदूत डा. मिश्रले नेपाल पठाएका हुन्।

यसैगरी एकजना नेपाली व्यवसायीले खरिद गरेको २२ हजार भायल रेम्डेसिभिर पनि मंगलबार साँझ काठमाडौँ पठाइएको राजदूत डा. मिश्रले जानकरी दिए ।

नेपाल पठाइएको रेम्डेसिभिरले कोरोना संक्रमणसित जुधिरहेका नेपालीलाई ज्यान बचाउन सहयोग पुग्ने विश्वास डा. मिश्रको छ। 

प्रकाशित: २९ वैशाख २०७८ १०:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App