५ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

दुई अस्पताललाई सय भन्दा बढी सिलिण्डर हस्तान्तरण

जिल्ला प्रहरी कार्यालय रौतहटले विभिन्न ठाउँबाट अक्सिजन सिलिण्डर संकलनको काम जारी राखेको छ। जिल्लामा अक्सिजनको कमी हुन नदिने प्रतिबद्धता जनाएका रौतहट प्रहरी प्रमुख एसपि सिद्धविक्रम शाहको निर्देशनमा जिल्लाका विभिन्न भागबाट अक्सिजनको सिलिण्डर संकलन गरी अस्पताललाई हस्तान्तरण गर्ने काम पनि धमाधम भइरहेको छ।  

यसैक्रममा जिल्ला प्रहरी कार्यालय रौतहटले सोमबार पनि १२२ सिलिण्डर जिल्लाका तीन अस्पताललाई हस्तान्तर गरेको छ। कतै अक्सिजन अभाव त कतै अक्सिजनको सिलिण्डरको अभाव भइरहेको अवस्थामा रौतहट प्रहरीले खाली अक्सिजन सिलिण्डर ७९ र अक्सिजन भरिएको ४३ सिलिन्डर बरामद बरामद गरेको छ।  

बरामद सिलिण्डरलाई प्रहरीले रौतहट सदरमुकाम गौरस्थित सरकारी अस्पताल, एपोलो अस्पताल र सिभिल अस्पतालमा वितरण गरेको प्रहरी प्रमुख शाहले जानकारी गराएका छन्।

प्रकाशित: २७ वैशाख २०७८ १४:४७ सोमबार

सिलिण्डर हस्तान्तरण जिल्ला प्रहरी कार्यालय रौतहट