coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

बैतडीमा सय बेडको आइसोलेसन निर्माण

क्याम्पसमा स्थापना गरिएको आइसोलेसन सेन्टर । तस्बिरः बिरा/नागरिक

बैतडीको सदरमुकामस्थित जगन्नाथ बहुमुखी क्याम्पसमा एक सय बेडको आइसोलेसन निर्माण भएको छ। 

भारतबाट आउने सीमानाका झुलाघाटमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएका नागरिक र अन्य संक्रमितलाई राख्न आइसोलेसन निर्माण भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए। कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएका सबैलाई सोही आइसोलेसन सेन्टरमा राखिने बताइएको छ।  

यसअघि कोरोना संक्रमितहरुलाई घरमै पठाउने गरिएको थियो। जसले गर्दा गाउँसम्म संक्रमणको खतरा बढेपछि आइसोलेसन निर्माण गरिएको बताइएको छ। जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आइसोलेसन कक्ष निर्माणको काम सुरु भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। स्वास्थ्य कार्यालयले व्यवस्थापन गर्ने गरेर मंगलबारदेखि आइसोलेसन कक्ष निर्माणको काम सुरु भएको हो। अहिले ५० शैयाको आइसोलेसन निर्माण भइसकेको र विस्तार थपिँदै जाने उनले जानकारी दिए।

प्रकाशित: २३ वैशाख २०७८ ०८:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App