५ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

गेटा मेडिकल कलेजको भवनमा ५ सय शैयाको कोभिड उपचार केन्द्र बनाइने

गेडा मेडिकल कलेजको भवनमा कोभिड १९ को अस्थाई उपचार केन्द्र संचालन गर्ने सम्वन्धमा बसेको सर्वपक्षीय बैठक ।

दोश्रो लहरको कोरोना भाइरसकाे संक्रमणले अस्पताल भरिभराउ भएर शैयाको अभावपछि निर्माणाधीन गेटा मेडिकल कलेजको भवनमा कोभिड उपचार केन्द्र बनाउने तयारी गरिएको छ । उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्टको उपस्थितीमा सोमवार गेटा मेडिकल कलेजको भवनमा बसेको सर्वपक्षीय बैठकमा गेटा मेडिकल कलेज भवनमा आईसोलेसन संचालन गर्ने बारेमा छलफल भएको थियो । निर्माण सम्पन्न भएको कलेजको मुख्य भवनलाई आईसोलेसन बनाउन भोलिदेखि काम थालिने छ ।

निर्माणधीन मेकिकल कलेज भवनमा जे जति तयार भएको छ त्यसलाई काेरोना संक्रमितको उपचारका लागि प्रयोगमा ल्याइने मन्त्री भट्टले बताए । सेती प्रादेशिक अस्पताल र महाकाली प्रादेशिक अस्पतालले संक्रमितको चापलाई धान्न नसकेकाले बस्तीभन्दा टाढा रहेको गेटा मेडिकल कलेजको भवनमा आईसोलेसन बनाइने उनको भनाइ छ । ‘५ सय शैयाको आईसोलेसन संचालन गर्न भोलिदेखिनै सबै काम गरिन्छ’, उनले भने,‘आईसोलेसन संचालन गर्न लाग्ने बजेट अर्थ र स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर निकासा गरिन्छ ।’ गेडा मेडिकल कलेजको भवनमा आईसोलेसन संचालन गर्न बेड, अक्सिजनको व्यवस्थासहितका काम गरिने छ । अवकास पाएका वा अन्य स्वास्थ्यकर्मीलाई एक वर्षका लागि करारमा लिएर आईसोलेसनमा राखिने उनले बताए । स्वास्थ्य मन्त्रालयले तलवका लागि बजेट उपलव्ध गराउने र उपमहानगरपालिका वा नगरपालिकाको व्यवस्थापनमा स्वास्थ्यकर्मी करारमा नियक्त गरेर आईसोलेसनमा खटाइने उनको भनाइ थियो ।  

बैठकमा धनगढी उपमहानगरपालिकाका मेयर नृप वडले संक्रमितले अस्पतालको बेड नपाउने अवस्थामा गेटा मेडिकल कलेजको भवनमा अस्थाई उपचार केन्द्र बनाउदाँ धैरे उपयोगी हुने उल्लेख गर्दै याहाँ आईसोलेसन संचालनका लागि स्थानीय निकाय पनि सहयोग गर्न तयार रहेको बताए । ‘५०, ६० अक्सिजन सपोटसहितका बेड भएको उपचार केन्द्र बनाइनु पर्छ’, उनले भने । बैठकमा कैलालीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका अधिकारी लगायतका सरोकारवालाको सहभागिता रहेको थियो । भवनमा तत्काल खानेपानी, विद्युत जडान गर्न मन्त्री भट्टले निर्देशन दिएका छन् । गेटा मेडिकल कलेजको भवनमा बन्ने आइसोलेसन प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला कोभिड संकट व्यवस्थापन कैलालीको मातहतमा रहने छ । प्रजिअ रिजालले एक साताभित्रै सेवा समेत शुरु गरिने गरि आईसोलेसन निर्माणको काम गरिने बताए ।  

आईतवारको मन्त्रिपरिषदको बैठकले कोभिड १९ रोकथाम, उपचारका लागि प्रदेशसँग समन्वय गरि संयोजन गर्न सुदूरपश्चिममा मन्त्री भट्टलाई तोकेको थियो । गेटा मेडिकल कलेजलाई अस्थाई उपचार केन्द्र बनाउन सोमवारको बैठकमा प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री तथा पदाधिकारीको भने सहभागिता थिएन । बैठकमा बोलाइएपनि उनीहरु कोही पनि सहभागी नभएको बुझिएको छ । माओवादी केन्द्रका मुख्यमन्त्रीको नेतृत्वमा रहेको प्रदेश सरकारमा एमालेका माधव पक्षको सहभागिता रहेको छ । 

सुदूरपश्चिममा दोश्रो लहरको कोराेनाको संक्रमणले अस्पताल भरिभराउ भएका छन् । शैया, अक्सिजन, आईसियु, भेन्टिलेटरको अभावले अवस्था भयावह बनेको छ ।

प्रकाशित: २० वैशाख २०७८ १२:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App