६ आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

एकैदिन ७ हजार २११ जनामा कोरोना संक्रमण, उपत्यकामा मात्र ३ हजार ५९५

पछिल्लो २४ घण्टामा थप ७ हजार २ सय ११ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पीसीआर विधिबाट ७१३४ र एन्टिजेन विधिबाट परीक्षण गर्दा ७४ जनामा संक्रमण पुष्टि भएको जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ।  

जसमध्ये काठमाडौं जिल्लामा २ हजार ७४४, ललितपुरमा ५५० र भक्तपुरमा ३०१ जना गरि उपत्यकामा ३ हजार ५९५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म ३ हजार ३ सय २५ जनाको कोरोना भाइरसबाट मृत्यु भइसकेको छ।

प्रकाशित: १९ वैशाख २०७८ ११:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App