८ आश्विन २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

थप ५ हजार ७२७ जनालाई कोरोना संक्रमण, ३३ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप ५ हजार ७ सय २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ३९१ पीसीआर परीक्षणमा ५ हजार ६५७ जना र ५२५ जनाको एन्टिजेन परीक्षणमा ७० जना गरी ५७२७ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको कुल संख्या ३ लाख २३ हजार १८७ पुगेको छ। जसमध्ये ३८ हजार ८१३ जना सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितमध्ये ३६ हजार १३५ जना होम आइसोलेसन र दुई हजार ६७५ जना संस्थागत आइसोलेसनमा रहेका छन्।

आज पुष्टि भएका मध्ये काठमाडौंमा २ हजार ४०४, भक्तपुरमा १३३ र ललितपुरमा ४१९ जना संक्रमित छन्।  

कोरोना भाइरस संक्रमितमध्ये ३३१ जना आईसीयूमा र ११५ भेन्टिलेटरमा छन्। कोरोना भाइरसबाट २४ घन्टामा थप ३३ जनाको मृत्यु भएको छ। हालसम्म मृतकको संख्या तीन हजार २४६ पुगेको छ।

प्रकाशित: १७ वैशाख २०७८ १०:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App