४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

सिन्धुलीको मुलकोट बजारमा एक साता लकडाउन

बुधबारदेखि एक साताका लागि लकडाउन भएको सुनकोसी गाँउपालिका ५ मुलकोट बजार। तस्बिर:अनिल/नागरिक

विपी राजमार्गस्थित सिन्धुलीको सुनकोसी गाँउपालिका ५ मुलकोट बजार बुधबारदेखि एक हप्तालाई लकडाउन गरिएको छ। कोरोना भाइरसको दोस्रो लहरको संक्रमणको त्रास फैलिएपछि मुलकोट बजार पुर्ण रुपमा लक डाउन गरिएको हो ।  

बजार नजिकै एक विवाह पार्टीमा सरिक भएका एक जनामा कोरोना देखिएपछि बजारमा त्रास फैलिएकाले लकडाउन गरिएको मुलकोट बजार व्यवस्थापन समितिका अध्यक्ष मनोज श्रेष्ठले बताए । मुलकोट बढी भिडभाड हुने बजार हो उनले भने, विपी राजमार्गमा पछिल्लो समय विस्तार भएको बजार मध्ये मुलकोट एक पर्यटकिय क्षेत्र भएकाले संक्रमणको जोखिम हुने देखिएकाले एक हप्ता लकडाउन गरिएको हो।

 सुनकोसी गाँउपालिका अध्यक्ष दिपा दाहालका अनुसार विहे भएको घर परिवारका भित्रका एक बृद्ध काठमाडाैंमा कोरोना भई मृत्यु भएको र उनका परिवारका अन्य केहिलाई समेत कोरोनाको संक्रमण देखिएपछि मुलकोट बजार बन्द गरिएको हो। एक हप्ताको लागि होटल रिर्सोट कलकारखाना पुर्ण रुपमा यस क्षेत्रमा बन्द गरि सुरक्षा सर्तकता अपनाइएको गाँउपालिका अध्यक्ष दाहालले बताइन्।  

जिल्लामा पछिल्लो केहिदिन देखि कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। सक्रिय कोरोना संक्रमित ५० जना हाराहारीमा रहेको जिल्ला अस्पताल सिन्धुलीका अध्यक्ष प्रल्हाद पोखरेलले जानकारी दिए । हाम्रो आइसोलेसन र हामीसँगको सम्पर्कमा रहेका ३८ जना छन्, अन्य केहि गाँउपालिकाको तथ्याङक आउदै छ, उनले भने ५० जना पुगेको अनुमान गरेका छौ। 

प्रकाशित: १५ वैशाख २०७८ ०६:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App