बैतडीको दशरथचन्द नगरपालिका–९ का ३५ वर्षीय कोरोना संक्रमितको डडेल्धुरा अस्पतालमा मृत्यु भएको छ। मंगलबार बेलुका साढे ७ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।
उनलाई वैशाख ११ गते उपचारका लागि डडेल्धुरा लगिएको थियो। श्वासप्रश्वासको समस्या बढ्दै गएपछि उनको मृत्यु भएको हो । जिल्लामा पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएको छ।
बुधबारसम्म १ सयि १८ जना कोरोना संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए।
प्रकाशित: १५ वैशाख २०७८ ०४:११ बुधबार