१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

कोरोना भाइरसः स्वास्थ्य मन्त्रालयद्वारा देशभरका प्रजिअलाई ठूला भेला रोक्न आग्रह

कोरोना भाइरसको संक्रमण फैलिएको भन्दै स्वास्थ्य र जनसंख्या मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारीहरू (सीडीओ) लाई सबै प्रकारका जनसभालाई प्रतिबन्धित गर्न आग्रह गरेको छ। मंगलबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता जगेश्वर गौतमले जिल्लागत अवस्था हेरी निर्णय लिन प्रमुख जिल्ला अधिकारीहरुलाई आग्रह गरिएको जानकारी दिए।

'हालै मुलुकमा कोरोना भाइरसको संक्रमण दर वृद्धि भएको छ, ठूलो भीडले आकर्षित गर्ने सबै प्रकारका भेला, सम्मेलन र मार्चहरू निषेध गर्नुपर्दछ। तसर्थ हामीले सीडीओलाई आवश्यक पर्ने पहल गर्नका लागि आग्रह गरेका छौं' गौतमले भने।  

डा.गौमतले नमुनाका रुपमा एन्टीजेन परीक्षण वृद्धि गरिने र विभिन्न प्रवेश विन्दुबाट छिर्नेलाई होम क्वारेन्टिनमा बस्न पनि आग्रह गरे।  

संक्रमणको दर बृद्धि भएसँगै कोरोना परीक्षण गर्ने सरकारी तथा नीजि प्रयोगशालालाई तयारी अवस्थामा राख्ने र २ हजार एसबीयू बेड स्थापना गर्ने निर्णय पनि स्वास्थ्य मन्त्रालयले गरेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १६२ जनामा कोरोना सङ्क्रमण देखिएको गौतमले जाकारी दिए। आज थपिएका १६२ सङ्क्रमितसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या दुई लाख ७७ हजार ३०९ पुगेको छ। मुलुकमा सक्रिय सङ्क्रमित सङ्ख्या एक हजार ४९३ छन्। यस्तै उपत्यकामा ६७ जनामा कोरोना सङ्क्रमण देखिएको छ। काठमाडौँ जिल्लामा ५०, ललितपुर १३ र भक्तपुरमा चारलाई सङ्क्रमण देखिएको हो।

प्रकाशित: १८ चैत्र २०७७ १३:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App