६ आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

कोरोना भाइरस: भारतमा भेटिएको 'डबल म्यूटेन्ट' प्रकार के हो?

भारतकाे केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतमा कोरोना भाइरसको नयाँ प्रकार 'डबल म्युटेन्ट' फेला परेको बताएकाे छ। मन्त्रालयले धेरै 'भेरियन्ट्स अफ कन्सर्न्स' देशका धेरै राज्यहरूमा फेला परेकाे बताएकाे हाे। मन्त्रालयले भनेकाे छ, 'यसको अर्थ विभिन्न प्रकारका कोरोना भाइरसहरू देशका धेरै भागहरूमा फेला परेका छन् जसले स्वास्थ्यमा हानिकारक प्रभाव पार्न सक्छ।'

यसमा ब्रिटेन, दक्षिण अफ्रिका, ब्राजिलका साथै भारतमा फेला परेका नयाँ 'डबल म्युटेन्ट' भेरियन्टहरू समावेश छन्।

'डबल म्युटेन्ट' भेरियन्टहरू कसरी पत्ता लाग्याे?

भारतीय सार्स-सीओवी-२ कंसोर्टियम अन जेनोमिक्स १० राष्ट्रिय प्रयोगशालाहरूको एउटा समूह हो जुन देशका विभिन्न भागहरूबाट नमूनाहरूको जीनोमिक सीक्वेंसिंग पत्ता लगाउन स्वास्थ्य मन्त्रालय अन्तर्गत गठन गरियो छ।

जीनोमिक सीक्वेंसिंग एक जीवको सम्पूर्ण आनुवंशिक कोड डिजाइन गर्न एक परीक्षण प्रक्रिया हो। यसकाे गठन डिसेम्बर २०२० मा कोराेना भाइरस र जीनोमिक भेरियन्टको प्रकोप र महामारीबारे अध्ययन गर्न गरिएकाे थियाे।

प्रकाशित: १२ चैत्र २०७७ ०६:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App