५ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसका ८ विद्यार्थीमा कोरोना देखिएपछि परीक्षा स्थगित

इन्जिनियरिङ अध्ययन संस्थान (आईओई), पश्चिमाञ्चल क्याम्पसका ८ जना विद्यार्थीमा कोभिड–१९ संक्रमण देखिएको छ। होस्टेलमा बस्ने १९ जना विद्यार्थीको स्वाब परीक्षण गर्दा ८ जनामा संक्रमण देखिएको क्याम्पस प्रशासन स्रोतले जनायो। उनकाअनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ।  

संक्रमित ८ जनामध्ये ६ जनालाई होस्टेलमै आइसोलेसनमा राखिएको छ। दुई जना आफ्नै घरमा आइसोलेसनमा छन्।  

क्याम्पसमा कोरोना संक्रमण देखिएपछि आईओईले चैत ३ गतेदेखि २९ गतेसम्मका लागि निर्धारण गरेको परीक्षा चैत ८ गतेसम्मका लागि स्थगित गरिएको छ। त्यसपछि परिस्थितिअनुसार निर्णय लिइने क्याम्पस प्रशासनले जनाएको छ। हाल पश्चिमाञ्चल क्याम्पसबाहेक आईओई मातहतका सबै क्याम्पसका परीक्षा भइरहेको छ।

क्याम्पसका एक उच्च अधिकारीले दिएको जानकारीअनुसार ११८ जनाको स्वाब परीक्षणका लागि पठाइएको छ। उनीहरुको रिपोर्ट बिहीबार साँझ वा शुक्रबार बिहानसम्म आइपुग्ने ती अधिकारीले बताए। उनीहरुको रिपोर्टका आधारमा पनि परीक्षा सम्बन्धी आवश्यक निर्णय लिने क्याम्पसको तयारी छ।

प्रकाशित: ५ चैत्र २०७७ १०:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App