६ आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

कोभिड १९ का कारण विदेशमा ३ सय ३९ जना नेपालीको मृत्यु

कोभिड १९ का कारण अहिलेसम्म विदेशमा ३ सय ३९ जना नेपालीले ज्यान गुमाएको गैह्रआवसीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ।

गैरआवासीय नेपाली संघका अनुसार यो साता यूएईमा २ र पोर्चुगलमा १ जनाको कोभिड १९ का कारण मृत्यु भएको छ। यो सहित २१ देशमा कोरोना संक्रमणले निधन हुने नेपालीको संख्या ३ सय ३९ जना पुगेको छ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार  शनिवार साँझसम्म विभिन्न ५३ देशमा रहेका ६२  हजार ४ सय १ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ६० हजार १ सय २४ जना कोरोना संक्रमण मुक्त भएका छन्। संक्रमण मुक्त हुने दर ९६ दशमलव ३ प्रतिशत रहेको छ।  

गैह्रआवसीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार पोर्चुगल, फ्रान्स, युएई, साउदी अरब, कतारमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ।

यो साता इटाली, युक्रेनका नेपालीमा पहिलो पटक संक्रमण देखिएको छ।  यस्तै कोरोना भाइरसका कारण नेपालमा २ हजार ६१ जनाको निधन भएको छ। नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ७४ हजार ६५ जना भने  २ लाख ७० हजार ३ सय २५ जना अर्थात ९८ दशमलव ६ प्रतिशत कोरोनाबाट मुक्त भएका छन्।

 

प्रकाशित: १६ फाल्गुन २०७७ १०:५३ आइतबार

कोरोना भाइरस