६ आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

जुम्लामा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर

जुम्लाको तिला गाउँपालिकामा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सुञ्चालन भएको छ  । स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतको आयोजनामा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर चलेको हो ।  

गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले ६५ वर्षीय ददिमल रावत र ६० वर्षीया हैता रावतलाई शक्तिवद्र्धक चौवानप्रास दिएर शिविर सञ्चालन भएको थियो । पिछडिएका नागरिकका लागि यो शिविर निकै उपलब्धिपूर्ण भएका बताउँदै उपाध्यक्ष बुढाले लामो समयदेखि रोग पालेर बसेका जनताको लागि राहत मिलेको बताइन् ।

उनले भनिन्,‘ यो क्षेत्र निकै दुर्गम भएकोले स्वास्थ्यमा पहुँच पुग्न सकेको थिएन । अतिविपन्न नागरिकका लागि स्वास्थ्य सेवा लिन सदरमु्काम खलंगा सम्म पुग्न पनि कठिन छ । यो वेला गाउँमै निशुल्क आयुर्वेद स्वास्थ्य शिविर बसेपछि निकै राम्रो सहयोग मिलेको छ । ’

यो शिविर जुम्लाको तिला गाउँपालिकामा मात्र चलेको हो । यहाँ तातोपानी, हिमा र गुठिचौर सम्मका बिरामी स्वास्थ्य जाँच गर्न पुगेका थिए । तिला गाउँपालिकाका स्वास्थ्यकर्मी उत्तम देवकोटाले शिविरमा उत्साहपुर्वक स्वास्थ्य जाँच गराउन स्थानीय सहभागी भएको बताए । उनले भने, ‘यो शिविर जिल्लाको अर्को स्थानीय तहमा सञ्चालन गर्न सकिने अवस्था रहन्थ्यो । तर भौगोलिक विकटता देखि स्वास्थ्य सेवाको पहुँचका आधारमा यहाँ राखिएको हो ।’

यहाँका नागरिक एक बर्षमा एक पटक पनि स्वास्थ्य जाँच गराउन कठिन छ । तर यो पटक गाउँमै स्वास्थ्य सेवा पाए । यो निःशुल्क शिविरले निकै राहत मिल्यो ।  

स्वास्थ्य सेवा निर्देशनालय आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखा प्रमुख पुष्पा आचार्यले प्राय सबै रोगको जाँच गरिएको बताइन् । उनका अनुसार शिविरमा सबै प्रकारका रोगका बिरामीको उत्साहपुर्वक सहभागिता रह्यो ।  

उनले भनिन् ,‘शिविरले स्वास्थ्य अवस्थाको पहिचान हुनुका साथै शक्तिवद्र्धक आयुर्वेदिक औषधि समेत बिरामीलाई उपलब्ध भयो । बालबालिका देखि बृद्धबृद्धा सम्मले स्वास्थ्य सेवा लिए । यो राम्रो पक्ष हो ।’

शिविरमा एक हजार जनाको उपचार गर्ने लक्ष रहेको थियो । शाखा प्रमुख आचार्यका अनुसार शिविरमा  अल्सर, सुगर, हाडजोर्नी तथा नसा, छाला रोग, स्त्रीरोग, वाथ, खाना नपच्ने, खोकी लाग्ने र स्वासप्रश्वास सम्बन्धि रोगको उपचार भएको थियो ।  

प्रकाशित: २ फाल्गुन २०७७ ११:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App