९ मंसिर २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

कलैया जिल्ला अस्पताल लथालिंग अवस्थामा

तस्बिर : कलैया अस्पताल ।

जिल्ला अस्पतालको रुपमा रहेको कलैया अस्पताल कोरोना महामारीको अवस्थामा पनि लथालिंग अवस्थामा पुगेको छ।

आन्तरिक विवाद, दरबन्दी अनुसार डाक्टरहरु नबस्नु, बिरामीहरुलाई निःशुल्क वितरण गर्नु पर्ने कतिपय औषधिको अभाव रहनु, २४ घण्टै ल्याब र फार्मेसी नखोल्नु, सरसफाइमा ध्यान नदिनु लगाएतका कारणले अस्पतालको अवस्था दैयनीय बनेको हो।

अस्पतालमा डाक्टर, ल्याब हेर्ने बिशेषज्ञ र रेडियोग्रफरसहित कायम गरिएको दरबन्दीको २५ प्रतिशत जनशक्ति मात्रै उपलब्ध रहेको कलैया अस्पतालले जनाएको छ।

कलैया अस्पतालका मेडिकल सुपरिटेन्डेन डा.सुनिल कुशवाहाले नेपाल सरकारले ६० जनाको दरबन्दी कायम गरे पनि अहिले १५ जना मात्रै कार्यरत रहेको बताएका छन्। बिभिन्न रोगका बिशेषज्ञ डाक्टरहरुको दरबन्दी अस्पतालमा रहे पनि अधिकाँश खाली नै रहेको उनले बताए।

दरबन्दीको एक चौथाई जनशक्ति मात्रै उपलब्ध रहेको अवस्थामा जसोतसो गरेर कलैया अस्पतालबाट दिइने सेवालाई निरन्तरता दिएको उनले बताए।

कलैया अस्पताल विकास समितिबाट नियुक्ती गरिएको ३० जना कर्मचारीमध्ये १३ जनाले पाँच महिनादेखि तलब नखाएको अवस्थामा उनीहरुलाई तलब खुवाउने कार्यमा समेत समस्या देखिएको डा. कुशवाहाले बताए।  

साउन महिनादेखि नै तलब खान नपाएका कलैया विकास समिति तर्फबाट खटाइएका जनशक्तिहरुलाई व्यवस्थापन गर्न नयाँ समस्य खडा भएको उनले बताए।  

अहिले बिरामीको चाँप बढे पनि उनीहरुलाई सेवा दिन आवश्यक जनशक्ति नहुनुको साथ साथै आधुनिक मेसिन, प्रयाप्त औषधि र रातीमा ल्यब सन्चालन नहुनु लगाएतका बिभिन्न समस्याहरुको रहेको दुखेसो डक्टरहरुले गरेका छन्।

अहिले बिभिन्न रोगका बिरामीहरु बढेको बेलामा ओपटीमा दैनिक दुई सयदेखि तीन सयको हाराहारीमा उपचार गर्न आउने गरेका छन भने ईमरजेन्सिमा ८० जनासम्म बिरामीहरु आउने गरेको कलैया अस्पतालले जनाएको छ। ५० शय्याको कलैया अस्पतालमा पूर्वाधार राम्रो भए पनि सेवा भने प्रभावकारी हुन सकेको छैन।

प्रकाशित: १५ मंसिर २०७७ १०:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App