२८ आश्विन २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

काठमाडौं उपत्यकामा कोरोनाबाट संक्रमितको संख्या एक लाख नाघ्यो

शुक्रबार थपिएका संक्रमितसँगै काठमाडौं उपत्यकामा मात्रै कोरोनाले संक्रमण गरेका व्यक्तिको संख्या लाखभन्दा माथि पुगेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिउँसो दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।  

योसँगै उपत्यकामा कोरोनाबाट संक्रमणमा परेका मानिसको कूल संख्या १ लाख ८७२ पुगेको हो।  

जसमध्ये ८१ हजार ५ सय ८८ जना काठमाडौंका, ११ हजार ९ सय ४८ जना ललितपुरका र ७ हजार ३ सय ३६ जना भक्तपुरका हुन्।  

यस्तै शुक्रबार दिउँसोसम्म उपत्यकाका कूल संक्रमितमध्ये ४ सय ८८ जनाको मृत्यु भइसकेको छ। तीमध्ये ३ सय १६ जना काठमाडौंका, ८९ जना ललितपुरका र ८३ जना भक्तपुरका हुन्।  

मन्त्रालयको तथ्यांकअनुसार संक्रमितमध्ये अहिलेसम्म ८७ हजार ६९२ जना निको भइसकेका छन्। जसमध्ये ७१ हजार ५ सय ९१ जना काठमाडौंका, ९ हजार ६ सय ३१ जना ललितपुरका र ६ हजार ४ सय ७० जना भक्तपुरका हुन्।

प्रकाशित: ५ मंसिर २०७७ १२:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App