२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

कोरोना संक्रमितको उपचार गरेबापत अस्पपतालले सरकारबाट अनुदान पाउँदै

कोरोना संक्रमितको उपचार गरिरहेका अस्पतालहरूलाई त्यसबापत अनुदान लिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ ।  

आइतबार सूचना प्रकशन गर्दै मन्त्रालयले त्यसका लागि २ दिनभित्र विवरण उपलब्ध गराउन सम्बन्धित अस्पतालहरूलाई आग्रह गरेको हो ।  

‘कोरोना भाइरसको संक्रमणको उपचार बापत अस्पतालहरूलाई अनुदान उपलब्ध गराउनेसम्बन्धी आदेश २०७७ बमोजिम कोभिड(१९ का शंकास्पद तथा पोजिटिभ व्यक्तिहरू राखी उपचार गर्ने सबै किसिमका अस्पताललाई अनुदान उपलब्ध गराइने’ मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले हस्ताक्षर गरेको सूचनामा उल्लेख छ ।  

तोकिएको समयभित्र विवरण उपलब्ध नगराउने अस्पतालका हकमा कुनै कठिनाइ हुन गएमा सम्बन्धित अस्पताल आफैं जिम्मेवार हुनुपर्ने मन्त्रालयले जनाएको छ । 

 

प्रकाशित: ३२ श्रावण २०७७ १०:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App