स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितसँग भेटघाट तथा उठबस भएको पाँच दिनपछि मात्रै स्वाबको पिसिआर गराउन सुझाव दिएको छ ।
शरीरमा कोरोना भाइरस प्रवेश गरेको ५ दिनसम्म संक्रमण नदेखिने भएकाले यति दिनपछि मात्रै परीक्षण गराउनुपर्ने सल्लाह मन्त्रालयले दिएको हो ।
तर पाँच दिनसम्म घरमै अलग्गै (आइसोलेसन) मा बस्नुपर्ने मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनअन्तर्गत शनिबार जानकारी दिए ।
प्रकाशित: ३१ श्रावण २०७७ १२:०९ शनिबार