कोभिड १९ को विपत अवस्था छ । विपतले सबै क्षेत्र प्रभावित भएको छ । स्वास्थ्य क्षेत्रमा समेत प्रभावित हुन पुगेको अवस्था छ । स्वास्थ्य क्षेत्रमा रगतकै अभाव हुन नदिन बन्दाबन्दीकै बीचमा खेलाडीहरूले रक्तदान गरेका छन् । रक्त सञ्चारकेन्द्र पोखरामा रगतको अभाव हुन नदिन मुआ थाई संघ कास्कीले रक्तदान आयोजना गरेको हो । रक्तदानमा मुआ थाई खेलाडी तथा संघका पदाधिकारीहरूले दान गरेका थिए । मंगलबार दान कार्यक्रममा ४३ युनिट संकलन गरिएको थियो ।
रक्तदानको पोखरा महानरपालिकाका मेयर मानबहादुर जिसीले उदघाटन गरेका थिए । मेयर जिसीले सुरक्षित एवं सामाजिक दुरी कायम गरी सम्वेदनशिल अवस्थामा पनि रक्तदान गरेकोप्रति मुआ थाई संघप्रति आभार प्रकट गरे । कोभिड १९ को महामारीमै समयमा विभिन्न दुर्घटना एवं अन्य विरामीलाई रगतको अभाव हुन नदिन संघले गरेको कार्य प्रसंशनिय रहेको उल्लेख गरे ।
मुआ थाई संघका केन्द्रीय कोषाध्यष एवं पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष सम्पन्न श्रेष्ठले खेलाडी अन्तर्राष्ट्रिय एरिनामा आफ्नो खेल कौशिल प्रदर्शन गरिसकेको बताउँछन्। कोभिड १९ को महामारीको समयमा रगतको अभावले ज्यानै जाने अवस्था नहोस भनेर रक्तदान कार्यक्रम आयोजना गरिएको उनले बताए । ‘विपत अवस्थामा रगतकै अभावमा अन्य रोगीका विरामीलाई थप विपक्ति आउन नदिन रक्तदान गरिएको हो ।’ उनले भने ।
मुआ थाई संघ कास्कीका प्रमुख प्रशिक्षक दिपकबहादुर गोदारले रगतकै अभावले जटिल समस्या आउन नदिन संघले रक्तदान गरिएको भन्दै रक्तदानमा सहभागि सबै प्रति आभार प्रकट गरे । पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष ओमप्रसाद सुवेदीलाई मेयर जिसीले ब्लड व्याग हन्तान्तरण गर्दै शुरुवात गरिएको थियो । संघका अध्यक्ष अब्राहम खान, खेलाडी समेत रहेको सुवास खड्का लगायतले रक्तदानमा खेलाडीको सहयोगप्रति धन्यवाद प्रकट गरे ।
प्रकाशित: २७ जेष्ठ २०७७ ०८:१६ मंगलबार