९ आश्विन २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

डिङ्जी काउन्टीले दिने स्वास्थ्य सामग्री लिन गएको टोली ओलाङचुङगोलामा

चीनको स्वशासित क्षेत्र तिब्बतको डिङ्जी काउन्टी सरकारले आफुहरुले टिपतालातर्फ लाग्दा हुने सूचना दिएपछि मात्र यसतर्फ आउन आग्रह गरेपछि डिङ्जी काउन्टी सरकारले दिन लागेको सामान लिन टिपतालातर्फ हिंडेको टोली ओलाङचुङगोलामा पुगेर बसेको छ । 

हिमपातको प्रभाव र प्राविधिक सबै विषय मिलाएर आफुहरुले रिउबाट सामन लिएर टिपतालातर्फ हिंडेपछि मात्र गोलाबाट टिपतालातर्फ लाग्दा राम्रो हुने सूचना पाएपछि आफुहरु त्यहीं तयारीमा बसेको डिङ्जी काउन्टी सरकारले दिने सामान लिन गोला पुगेका जिल्ला समन्वय समितिका शाखा अधिकृत गणेश अधिकारीले जानकारी दिए ।

 डिङ्जी काउन्टी सरकारले दिने व्यक्तिगत स्वास्थ्य सुरक्षा(पीपीई) सहितका सामग्री लिन सहायक प्रमुख जिल्ला अधिकारी केशव खतिवडाको नेतृत्वमा नेपाली अधिकारीको टोली सोमबार फुङलिङबाट टिपतालातर्फ प्रस्थान गरेको थियो । पूर्व निर्धारित कार्यक्रम अनुसार बिहीबार(आज) डिङ्जी काउन्टी सरकारका अधिकारीले नेपाली अधिकारीको टोलीलाई कोभिड–१९ विरुद्ध लड्ने जनशक्तिका लागि आवश्यक पर्ने सामग्री टिपतालामा बुझाउने कार्यक्रम थियो । गोलाबाट करीब २५ किलोमिटर टाढा रहेको टिपताला नेपाल–तिब्बत सीमा क्षेत्र हो । डिङ्जी काउन्टी सरकारले दिन लागेको सामग्री तिब्बतको रिउ बजारसम्म आइसकेको त्यहाँका अधिकारीले जनाएका छन् । 

रिउबाट टिपतालासम्म सवारीमा सामान ल्याएर नेपाली अधिकारीलाई बुझाउने गरी द्धिपक्षीय कुटनीतिक समझदारी समेत र्भसकेको छ । ‘प्राविधिक विषय मिलाएर हामीलाई यहाँबाट हिंड भन्नासाथ हामी टिपतालातर्फ लाग्ने छौं’ गोलामा रहेका अधिकारीले भने । 

डिङ्जी काउन्टी सरकारले ¥यापिड डाइग्नोस्टिक किट १ हजार २ सय थान, एन–९५ माक्स १ हजार २ सय थान,पिपिई १ हजार १ सय थान, १ सय थान थर्मलगन र १ लाख १० हजार थान सर्जिकल मास्कसहितका करीब ८३ काटन सामग्री ताप्लेजुङका लागि दिन लागेको छ । गोलाबाट उकालो लागेपछि मौवाटारमा रहेको गोठबाहेक कहीं बस्ने ठाउँ समेत नभएका कारण गोलाबाट टिपतालासम्म एकैदिनमा जान आउन ठूलो समस्या छ ।  

प्रकाशित: ८ जेष्ठ २०७७ ०८:११ बिहीबार

स्वास्थ्य सामग्री