९ मंसिर २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

‘डेलिभरी रोवोट’ हस्तान्तरण

 नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरका प्राध्यापक तथा विद्यार्थीको टोलीले बनाएको ‘डेलिभरी रोवोट’ शुक्रबार एक कार्यक्रमवीच शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतल टेकु काठमाडौंलाई हस्तान्तरण गरिएको छ । अस्पतालहरुमा विरामीहरुलाई औषधि, पानी, खानालगायतका सामानहरु आफै दिन जाने स्वचालित रोवोट कलेजको वोर्ड अध्यक्ष एवं चाँंगुनारायण नगरपालिकाका मेयर सोम मिश्रले अस्पतालका निर्देशक डा सागरकुमार राजभण्डारीलाई हस्तान्तरण गरेका हुन् ।  

हस्तान्तरित रोवोटलाई अस्पतालको आइसोलेशन वार्डमा प्रयोग गरिने जनाइएको छ । हस्तान्तरणसँंगै रोवोटको प्रयोय गर्ने नर्सहरुलाई रोवोट सञ्चालन सम्वन्धि अस्पतालमै रोवोट बनाउने शिक्षक तथा विद्यार्थीको समूहले अभ्यास गराएको थियो । झण्डै आधा दर्जन नर्सहरुले रोवोट सञ्चालन गर्न समक्ष भएपछि रोवोट अस्पतालमा छोडिएको थियो । यही क्रममा रोवोटलाई अस्पतालको आइसोलेसन वार्डवार्डमा लगेर डेमोसमेत गराइएको थियो ।  

कार्यक्रमपछि कलेज र अस्पतालवीच सम्झौता भएको छ । सम्झौतामा कलेजकोतर्फबाट कलेजका प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठ र अस्पतालकोतर्फबाट अस्पताल प्रशाशन शाखाका शाखा अधिकृत रुपनारायण खतिवडाले हस्ताक्षर गरेका छन् । रोवोट सञ्चालनका क्रममा कुनै प्राविधिक समस्या आइपरेमा निर्माण कार्यमा सहभागी प्राध्यापक तथा विद्यार्थीको टोलीले बनाइदिने सहमति भएको हो ।  

रोवोटको प्रयोगले रिसेप्सनमा हुने नर्सहरुलाई विरामीविरामीसम्म औषधि, पानी, खाना पु¥याउन जान नपरी सम्भावित संक्रमितबाट जोगाउन सहयोग गर्नेछ । अस्पतालको ट्रली सहयोगबाट कलेजका चार जना प्राध्यापक र चार जना विद्यार्थी गरी आठ जनाको समूहले रोवोट तयार पारेको थियो । कलेजका प्राध्यापकहरु सहायक प्राध्यापक रुपेशदही श्रेष्ठ, सहायक प्राध्यापक दिनेश डंगोल, सहायक प्राध्यापक सचिन श्रेष्ठ र सहायक प्राध्यापक अभिनास खत्री केसी तथा सोही कलेजमा अध्ययनरत विद्यार्थीहरु उत्सव खड्का, सरोज चौधरी, राजु श्रेष्ठ र कुमार श्रेष्ठ यो रोवोटको विकास गर्न सफल भएका हुन् ।  

परीक्षण गर्दा यसले ३० किलोग्रामसम्म सामान बोक्न सक्ने क्षमता रहेकोले औषधि र खानाबाहेक अरु पनि आवश्यक सामानहरु रोवोटले वोक्न सक्ने क्षमता रहेको जनाइएको छ । करिव २५ हजारको सस्तो दररेटमा यसको निर्माण सम्भब भएको जनाइएको छ । रोवोट म्यानुल (रिमोट कन्ट्रोल) बाट चलाइने छ । रिसेप्सनमा बसेको एकजना नर्सले रिमोटबाट आवश्यकता अनुसार विरामीविरामीसम्मलाई आवश्यक औषधि, पानी, खानालगायतका सामान पुर्‍याउन लगाउने छ ।  

कलेजका प्राचार्य प्राडा श्रेष्ठले अहिलेलाई एउटा मात्रै रोवोटको विकास गरिएको जनाए । सामाजिक उतरदायित्वलाई मध्यनजर गरी आफूहरुले रोवोट बनाएको प्राडा श्रेष्ठले जनाए । भविष्यमा नेपाल सरकार वा अन्य नियकाहरुबाट सहयोग भए प्राविधिक सहयोग गर्न कलेज तयार रहेको उनले स्पष्ट पारे ।    

प्रकाशित: २ जेष्ठ २०७७ १३:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App