९ मंसिर २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

संक्रमित ब्यक्तिको ‘कन्ट्रयाक्ट ट्रेसिङ’ बाट स्वाब संकलन सुरु

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ महेन्द्रपार्कमा कोरोना संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङ गरेर स्वाब संकलन गरिदै । तस्बिर सौजन्य : नरेश श्रेष्ठ

नेपालगन्ज- नेपालगन्ज उपमहानगरपालिका क्षेत्रबाट २३ जना कोरोना संक्रमित फेला परेपछि मंगलबारबाट ‘कन्ट्रयाक्ट ट्रेसिङ’ का आधारमा स्वाब संकलन प्रक्रिया सुरु गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ स्थित भैरव टोल, रानी तलाउ तरकारी पसल, नाउ टोल, पन्डन मोहला र टांगा स्टेशनबाट स्थानीय बासिन्दाको कन्ट्रयाक्ट ट्रेसिङ गरी स्वाब संकलनको काम सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना रोग फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

‘दिनभरी वर्षा भएपछि त्यसले हामीलाई डिस्टर्ब गर्‍यो, मुस्लिम समुदायको रोजा पनि चलेको हुँदा बेलुकाबाट मात्र कन्ट्रयाक्ट ट्रेसिङसहित स्वाब संकलनको काम सुरु गर्न ढिला भयो, कन्ट्रयाक्ट ट्रेसिङमा कति आउँछन्, त्यसपछि उनीहरुको स्वाब संकलन गरिन्छ,’ उनले भने । एउटै टोलमा कोरोना भाइरसको संक्रमण फैलिएपछि नेपालगन्जमा स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य संगठन लगायत निकायबाट पनि विज्ञहरु आएर अध्ययन अनुसन्धान सुरु गरेको पनि फोकल पर्सन श्रेष्ठले बताए ।

नेपालगन्जमा मंगलबार पुष्टी भएका सातसहित सबै २३ जनालाई बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा राखिएको उनले जानकारी दिए । गत शुक्रबार नेपालगन्ज–७ का ६० वर्षिय ब्यक्तिमा कोरोना भाइरस पोजिटिभ देखिएको थियो । त्यसपछि कन्ट्रयाक्ट ट्रेसिङ गरी ९४ जनाको स्वाब संकलन गरी परीक्षण गर्दा थप २२ जनामा पोजिटिभ देखिएको हो । यसअघि संकलन गरिएको स्वाबको परीक्षण सम्पन्न भइसकाले मंगलबार बेलुकीबाट संक्रमित ब्यक्तिको ‘कन्ट्रयाक्ट ट्रेसिङ’का आधारमा थप स्वाब संकलनको काम सुरु गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

 

प्रकाशित: २३ वैशाख २०७७ १३:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App