६ आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

अहिलेसम्म नेपालमा कति जनाको करोना परीक्षण भयो ?

काठमाडौं-  अहिलेसम्म पीसीआर विधिबाट १३ हजार ८ सय ५० जनाको कोरोना परीक्षण भएको छ। स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले आरडिटी विधिबाट ५२ हजार २ सय २७ जनाको परीक्षण भएको बताए।

पछिल्लो २४ घण्टामा १ हजार ५ सय ८२ वटा परीक्षण भएका छन्। प्रदेश १ मा ६ हजार १ सय २२, प्रदेश नम्बर २ मा ५ हजार ७ सय ७८, बागमती प्रदेशमा ८ जार ९ सय ४० र गण्डकी प्रदेशमा ६ हजार ७४ जनाको आरडिटी परीक्षण भएको छ। यस्तै प्रदेश नम्बर ५ मा ५ हजार १ सय ९३, कर्णाली प्रदेशमा ५ हजार ८ सय ७६ र सुदूरपश्चिम प्रदेशमा १४ हजार २ सय ४४ जनाको परीक्षण भएको उनले बताए।

अहिले क्वारेन्टाइनमा २१ हजार ९९ जना रहेका छन्। उपत्यकामा २ र बाहिर १ सय १८ गरी १ सय २० जना क्वारेन्टाइनमा रहेका छन्। कर्णाली प्रदेशको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पनि पीसीआर परीक्षण सुरु भएको छ। योसँगै नेपालमा १८ प्रयोगशालाबाट पीसीआर विधिबाट नमुना परीक्षण सुरु भएको छ।

प्रकाशित: २३ वैशाख २०७७ ११:३१ मंगलबार

कोरोना_भाइरस कोभिड_१९ परीक्षण