४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

दिर्घ रोगीलाई घरैमा औषधि

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले लकडाउनको मारमा परेका दिर्घ रोगीलाई घरैमा औषधि ल्याइदिने व्यवस्था मिलाएको छ ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि आव्हान गरिएको लकडाउनका कारण अन्यत्र गएर औषधि ल्याउन ल्याउन नसकेका दिर्घ रोगीलाई नगरपालिकाले आवश्यक औषधि घरैमा ल्याइदिने व्यवस्था मिलाएको हो । नियमित औषधि सेवन गरिरहेका प्रेसर, सुगर, मुटु रोग, मानसिक लगायतका समस्या भएका बिरामीलाई मागका आधारमा औषधि ल्याइदिने गरिएको नगरपालिकाका स्वास्थ्य शाखा सह–संयोजक प्रकाश घिमिरेले बताए ।

हालसम्म हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका ९ जना, हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका ७ जना, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका ४ जना, हलेसी तुवाचुङ नगरपालिका–४ बडहरे र हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका १÷१ जना बिरामीलाई औषधि ल्याएर वितरण गरिसकिएको छ । नियमित औषधि सेवन गरिरहेका बेला क्लिनिकमा पुगेर औषधि ल्याउन नसकेको अवस्थामा स्वास्थ्यचौकीमा औषधिको नाम टिपाएको आधारमा बिरामीलाई औषधि ल्याएर दिने गरिएको स्वास्थ्य शाखा सह–संयोजक घिमिरेले बताए ।

‘नियमित औषधि सेवन गरिरहनु भएको छ र औषधि सकिएको छ भने स्वास्थ्य संस्थामा औषधिको नाम टिपाएको आधारमा किनेर ल्याइदिने गरेका छौँ,’ घिमिरेले भने, ‘औषधिको पैसा बिरामीले नै बेहोर्नुपर्ने हुन्छ । हामी औषधि खरिद गरेर घरसम्म ल्याइदिने काम मात्र गर्छौँ ।’

स्वास्थ्य संस्थामार्फत माग भएर आएको आधारमा अन्य बिरामीलाई पनि औषधि खरिद गरेर ल्याइदिइने नगरपालिकाले जनाएको छ ।

प्रकाशित: २२ वैशाख २०७७ १२:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App