७ आश्विन २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

कोरोनाबाट प्रदेश नं १ बढी प्रभावित

काठमाडौं- नेपालमा सबैभन्दा बढी प्रदेश नम्बर १ कोरोना संक्रमणबाट प्रभावित भएको छ। कर्णाली प्रदेशमा अहिलेसम्म संक्रमण देखिएको छैन्।

कुल संक्रमितको संख्या ७५ पुग्दा प्रदेश नम्बर १ मा मात्रै ३१ जनामा संक्रमण दखिएको प्रवक्ता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। यसैगरी प्रदेश नम्बर ५ मा १७ र प्रदेश नम्बर २ मा १३ जनामा संक्रमण देखिएको छ। यस्तै बागमती प्रदेशमा ७ र सुदूरपश्चिममा ५ जनामा संक्रमण देखिएको उनले बताए। संक्रमित ७५ मध्ये ५८ पुरुष र १६ जना महिला रहेका छन्।

जसमा १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने ५९ जनाको विभिन्न अस्पतलमा उपचार भइरहेको छ। उनीहरु सबैको अवस्था सामान्य रहेको प्रवक्ता डा. देवकोटाले बताए। अहिले १ सय ६ जना शंकास्पद विरामी आइसोलेसनमा उपचाररत रहेका छन्। उपत्यकामा १ र उपत्यका बाहिर १ सय ५ जना उपचाररत रहेका छन्। देशभरी २१ हजार ५ सय २३ क्वारेन्टाइनमा रहेका छन्। आजसम्म पिसिआर विधिबाट १३ हजार ६ सय ४० जना नमुना परीक्षण भएको छ। आरडिटी विधिबाट ५० हजार ८ सय ४५ जनाको परीक्षण भएको प्रवक्ता देवकोटाले बताए। पछिल्लो २४ घण्टामा १ हजार ३ सय ८२ जनाको परीक्षण भएको छ। प्रदेश नम्बर १ मा ५ हजार ८ सय ३७, प्रदेश नम्बर २ मा ५ हजार ७ सय ३६ र बागमती प्रदेशमा ८ हजार ६ सय १० जनाको आरडिटी परीक्षण भएको छ। यस्तैगरी गण्डकी प्रदेशमा ५ हजार ८ सय ८२, प्रदेश नम्बर ५ मा ४ हजार ८ सय ३१, कर्णाली प्रदेशमा ८ हजार १ सय १३ र सुदूरपश्चिम प्रदेशमा १४ हजार १ सय ३६ जनाको आरडिटी परीक्षण भएको प्रवक्त देवकोटाले बताए।

प्रकाशित: २२ वैशाख २०७७ ११:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App