४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

उपचारमा रहेका चार जनाको लगातार दोस्रो रिपोर्ट नेगेटिभ

सिरहाको गोलबजार नगरपालिकामा स्वाब संकलन गर्दै प्राविधिक टोली । तस्बिरःनागरिक

लहान- कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ भई नारायाण अस्पताल विरगंजमा उपचार गराइरहेका चार जनाको परीक्षण रिपोर्ट लगातार दोस्रो पटक नेगेटिभ आएको छ । रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई अस्पतालबाट डिस्चार्ज गर्ने तयारी भैरहेको छ ।

विरजगंजको मस्जिदमा बस्दै आएका तीन जना मुस्लिम धर्मगुरुहरुमा(जमाती) चैत २८ गत्ते कोरोना पोजेटिभ पुष्टि भएपछि नरायणी असपताल विरगंजको आइसोलेसन वार्डमा भर्ना छन् । भारतीय नागरिक उनीहरुमा समान्य लक्षण देखिएको थियो । उनीहरुको दोस्रो पटक गरिएको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको समाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले बताए । कोरोना पोजेटिभ रौतहट इशनाथ नगरपालिकाका युवकको पनि लगात्तार दोस्रो पटकको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । उनी पनि उपचारका लागि नारायणी अस्पताल विरगंजको आइसोलेसन वार्डमा भर्ना छन् ।

सचिव घिमिरेकाअनुसार यस प्रदेशमा हालसम्म १२ सय ९० जनाको स्वाब संकलन गरिएको छ । ६ सय ३६ जनाको पीसीआर परीक्षण रिपोर्ट आएकोमा पाँच जना पोजेटिभ छन् भने ६ सय ३१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । ६ सय ५४ जनाको परीक्षण रिपोर्ट आउन बाँकी छ । यस प्रदेशमा ४ हजार ४ सय ४८ जनाको आरडीटी परीक्षण गरिएकोमा ९ जनाको रिपोर्ट पोजेडिभ आएको छ । ४ हजार ४ सय ३९ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

शनिबारबाट यस प्रदेशको आठ वटै जिल्लामा पीसीआर परीक्षणका लागि स्वाब संकलनलाई गति दिएको सचिव घिमिरेले बताए । जिल्लाका जोखिमयुतm पालिकाहरु छनौट गरेर प्रादेशिक प्रयोगशाला जनकपुर र राष्ट्रिय जनस्वास्वास्थ्य प्रयोगशाला काठमाडौंकोको प्राविधिक टोली स्वाब संकलनका लागि खटिएको उनले बताए । यस प्रदेशमा अति जोखिममा रहेका करि १५ सय जनाको स्वाब संकलन गर्नेगरि जनशतिm परिचालन गरिएको उनले बताए ।

 

 

प्रकाशित: १३ वैशाख २०७७ ११:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App