७ आश्विन २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

बेरोजगार श्रम शक्तिलाई नयाँ उपायका साथ उपयोग गर्ने सरकारी तयारी

ताप्लेजुङ –  संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश कुमार भट्टाईले लकडाउनका कारण बेरोजगार बनेको श्रम शक्तिलाई अब सरकारले नयाँ शैलीबाट प्रयोगमा ल्याउने बताएका छन्। मन्त्री भट्टराईले बेरोजगार श्रमशक्तिलाई उत्पादनमूलक कार्यमा अग्रसर बनाउन सरकारले योजना बनाईरहेको बताएका हुन्।

‘रोजगारी गुमाएका र घर जान नसकेका श्रमशक्तिलाई अब नयाँ किसिमले उपयोग गर्न र पुर्नरोजगारीको अवस्था सिर्जित गर्ने उपायका बारेमा सरकारले प्राथमिकताका साथ गृहकार्य गरिरहेको छ’ बुधवार गृह जिल्लाका सञ्चारकर्मीको भिडियो कन्फरेन्समा मन्त्री भट्टराईले भने। उनले लकडाउनका कारण बेरोजगार बनेको श्रम शक्तिलाई हिमाल सफाई, पुरातात्विक महत्वका क्षेत्रको सरसफाई र सामान्य जिर्णोद्धार एवम् कृषि उत्पादन र फार्मिङ केन्द्रहरुमा रोजगार दिन सकिने गरी तयारी भईरहेको जानकारी दिए।

लकडाउनक कारण रोजगारी गुमेकाहरुका लागि लागि सरकारले बैकल्पिक रोजगारीका उपायहरु खोजी रहेको उनको भनाई थियो। मन्त्री भट्टराईले अहिलेको परिस्थिति सामान्य अवस्थामा नआउँदा सम्म रोजीरोटी खोसिएकाहरुका बारेमा सरकार गम्भीर बन्ने बताए।  उनले भौतिक दुरी, सरसफाई र व्यक्तिगत सुरक्षाका उपाय अवलम्बन गरेर खेती किसानी कार्यमा निस्का आम किसान दाजुभाई तथा दिदीबहिनीहरुलाई आवहन समेत गरेका छन्। यो बेला आफ्नो खेती किसानीलाई नै थाती राखेर बस्न नसकिने अवस्था नरहेकोले सुरक्षाका उपायसाथ आफ्नै दैनिकीमा फर्कन आग्रह गरेका छन्। 

 

प्रकाशित: १० वैशाख २०७७ ०७:४० बुधबार

श्रम बेरोजगार योगेश