४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

ताप्लेजुङमा मंगलवार सम्म ९२ जनाको आरडीटी परीक्षण, सबैको रिर्पोट नेगेटिभ

ताप्लेजुङ – जिल्लामा अहिले सम्म गरिएको ९२ जनाको आरडीटी टेष्ट परीक्षणको सबै नतिजा नेगेटिभ आएको छ। मंगलवार पाथीभरा याङ्वरक गाउँपालिका वडा नं ६ थुम्बेदिनमा गरिएको ४ जनाको परीक्षण रिर्पोट नेगेटिभ आएको त्यहाँकी ल्याव असिष्टेन्ट बिनिता थाम्सोहाङले जानकारी दिईन्।

स्वास्थ्य कार्यालय ताप्लेजुङका प्रमुख राजकुमार पोखरेलका अनुसार अहिले सम्म मिक्वाखोला गाउँपालिकाको लिवाङमा ५ जना र सिरिजङ्घा गाउँपालिकाको तेल्लोकमा ८ जनाको परीक्षण गरिएको छ। आठराई त्रिबेणी गाउँपालिकाको केन्द्र हाङपाङमा गरिएको परीक्षणबाट १२ जनाको रिर्पोट नेगेटिभ आएको थियो। मैवाखोला गाउँपालिकामा एक जनाको परीक्षण गरिएकोमा सो रिर्पोट पनि नेगेटिभ आएको छ।

सिदिङ्वा गाउँपालिकाको साब्लाखु भञ्ज्याङमा ११ जनाको आरडीटी किटबाट परीक्षण गरिएको थियो। ताप्लेजुङ जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सोनिङ लामाका अनुसार आरडीटी परीक्षण अन्र्तगत जिल्ला अस्पतालमा २६ जना, मेरिङ्देन गाउँपालिकामा १५ जना, फक्ताङ्लुङ गाउँपालिकामा ४ जना, पाथीभरा याङ्वरक गाउँपालिकामा ६ जना र सिदिङ्वा गाउँपालिकामा ११ जनाको परीक्षण गरिएको हो। परीक्षण गरिएका सबै रिर्पोट नेगेटिभ आएको छ। चैत महिनायता भारतसहित तेस्रो मुलुकबाट आएका,क्वारेन्टाईनमा रहेका र उच्च ज्वरोका कारण अस्पताल तथा स्वास्थ्य संस्थाको फिबर कक्षामा रहेकाहरुको आरडीटी परीक्षण गरिदैं आएको छ। यसअघि ४ जनाको स्वाब परीक्षणको रिर्पोट पनि नेगेटिभ आएको थियो। 

 


 

प्रकाशित: ९ वैशाख २०७७ ०९:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App