७ आश्विन २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

विराटनगरमा किट अभावले समस्या

मोरङ- कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि विराटनगर महानगरपालिकाले परीक्षण शुक्रबारदेखि थालेको छ।

विराटनगर महानगरपालिकाले परीक्षण थाले पनि त्यसका लागि चाहिने अत्यावश्यक सामग्रीको कमी भएको जनाएको छ। महानगरले नगरको सघन बस्ती भएको क्षेत्र र विदेशबाट आएकालाई विशेष प्राथमिकता दिँदै द्रुत उपचार परीक्षण (आरडिटी) र स्वाब परीक्षण (पिसिआर)  थालेको हो।

महानगरको वडा नं. ३ वटा परीक्षण सुरु गरे पनि १९ वटै वडामा परीक्षण गर्ने महानगरको जनस्वास्थ्य महाशाखा प्रमुख रमेशकुमार कार्कीले बताए। उनले भने, ‘हामीले ३ नं. बाट काम सुरु गरे पनि अन्य वडाका कोही शंकास्पद व्यक्ति वा विदेशबाट आउनु भएका लागि पनि परीक्षण गरिरहेका छौं।’ सरकारले स्थानीय तहहरूलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको भने पनि त्यस्तो विराटनगर महानगरपालिकाले नपाएको बताएका छन्। प्रदेश सरकार र महानगरपालिकाबीच समन्वय भएको जस्तो छैन किनभने परीक्षणका चाहिने सामग्री अन्यन्त न्यूनमात्र दिइएको छ।

परीक्षणका क्रममा स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने उपचारका सामग्री प्रदेश सरकारले उपलब्ध गराउन नसकेको महानगरका प्रमुख भीम पराजुलीले बताए। सरकारले द्रुत गतिमा आरडिटी परीक्षण गर्ने बताए पनि महानगरलाई आवश्यक किट, स्वास्थ्यकर्मीले लगाउने पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिइ) कमी भएको महानगर प्रमुख पराजुलीले बताए। उनले भने, ‘हामीलाई आवश्यक परीक्षण किट उपलब्ध नहुँदा एकै पटक महानगरको सबै वडामा परीक्षण गर्न असहज भएको छ।’

‘यस्तो विष्मपरिस्थितिमा पनि स्वास्थ्यकर्मीले काम गर्दा समेत सरकार गम्भीर भएको छैन,’ कार्कीले भने, ‘पिपिइ, माक्सलगायत सुरक्षाका लागि चाहिने सामग्री उपलब्ध नहुँदा जोखिम मोलेर काम गर्नु परेको छ।’

‘प्रदेश सरकारले महानगरपालिकालाई ४ थान पिपिइ सेट र २ सय थान किट उपलब्ध गराएको छ,’ कार्कीले भने, ‘प्रदेश सरकारले दिएको २ सय किटमध्ये १ सय किट पुनः सरकारले फिर्ता दिने भन्दै लगेको छ। परीक्षणका लागि चाहिने किट पर्याप्त उपलब्ध गराए एकै पटक १९ वटै वडामा परीक्षण गर्न तयारी छौं।’ 

प्रदेश सरकारले प्रदेशका सबै स्थानीय तहलाई एउटै संख्या हेर्दा काम गर्न समस्या रहेको बताइएको छ। अन्य स्थानीय तहभन्दा विराटनगरमा जनसंख्या बढी रहेको हुँदा सरकारले त्यसअनुरुप किट र अन्य सामग्री उपलब्ध गराउनु पर्छ, कार्कीले भने। विराटनगरमा ३ लाख बढी जनसंख्यामा १ सय किटले कसरी काम गर्ने भन्ने अन्योल रहेको बताइएको छ।

महानगरले सोमबारसम्म ८४ जनाको आरडिटी र १८ जनाको पिसिआर परीक्षण भइसकेको जनाएको छ। सबै जनाको नेगेटिभ रिपोर्ट आएको र १० जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको जनाएको छ।

प्रकाशित: ८ वैशाख २०७७ १५:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App