४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

ताप्लेजुङमा थप १३ जनाको आरडीटी किटबाट परीक्षण, ७४ जनाको रिपोर्ट नेगेटिभ

ताप्लेजुङ- ताप्लेजुङमा थप १३ जनामा गरिएको र्‍यापिड डाईग्नोस्टिक टेष्ट(आरडीटी) परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएको छ । यो सहित ताप्लेजुङमा ७४ जनामा आरडीटी किटबाट गरिएको परीक्षणको नतिजा नेगेटिभ आएको हो ।

आइतबार आठराई त्रिबेणी गाउँपालिकाको केन्द्र हाङपाङमा गरिएको परीक्षणबाट १२ जनाको रिपोर्ट नेगेटिभ आएको हो । निमित्त स्वास्थ्य प्रमुख राजकुमार पोखरेलका अनुसार आइतबारै जिल्ला अस्पतालमा १ जनाको आरडीटी किटबाट परीक्षण गरिएको थियो । सो रिपोर्ट पनि नेगेटिभ आएको पोखरेलले जानकारी दिए । शनिबार सिदिङ्वा गाउँपालिकाको साब्लाखु भञ्ज्याङमा ११ जनाको आरडीटी किटबाट परीक्षण गरिएको थियो ।

चैत महिनायता भारतसहित तेस्रो मुलुकबाट आएका, क्वारेन्टाईनमा रहेका र उच्च ज्वरोका कारण अस्पताल तथा स्वास्थ्य संस्थाको फिबर कक्षामा रहेकाहरुको आरडीटी परीक्षण गरिदैं आएको छ । ताप्लेजुङ जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सोनिङ लामाका अनुसार आरडीटी परीक्षण अन्र्तगत जिल्ला अस्पतालमा २६ जना, मेरिङ्देन गाउँपालिकामा १५ जना, फक्ताङ्लुङ गाउँपालिकामा ४ जना, पाथीभरा याङ्वरक गाउँपालिकामा ६ जना र सिदिङ्वा गाउँपालिकामा ११ जनाको परीक्षण गरिएको हो ।

प्रकाशित: ७ वैशाख २०७७ ०९:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App